सिन्धुली– सिन्धुलीमा सात जनामा कोरोना सं क्रमण देखिएको छ । गत श्रावण २२ गते २२ जनाको स्वाब संकलन गरि पठाईएकोमा सातजनामा कोरोना सं क्रमण देखिएको विश्वस्त श्रोतले जानकारी दिएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।
वीरगञ्जमा थप ७५ जनामा कोरोना सं क्रमण
वीरगञ्जमा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पर्साका ७०, बारा र सर्लाहीका चार जना र एक जना भारतीय नागरिकमा सं क्रमण पुष्टि भएको हो ।
उनीहरु मध्ये १५ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्। वीरगञ्ज महानगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण महतो, महानगरको वारुण यन्त्रमा कार्यरत दुई जना कर्मचारीमा पनि कोरोना सं क्रमण पुष्टि भएको छ ।
यस्तै संक्रमण देखिनेहरुमा ९ जना प्रहरीसमेत रहेका छन्। स्वेच्छाले पैसा तिरेर जाँच गराएका ११ जनामा पनि कोरोना सं क्रमण देखिएको छ।७५ जना संक्रमित मध्ये उपचार नपाएर ज्यान गुमाएकी युवती पनि रहेकी छिन् ।
यस्तै नारायणी अस्पतालका दुईजना स्वास्थ्यकर्मी, महानगरको बेल्वा टोलका एक स्वास्थयकर्मी, पर्साको पकहा मैनपुर गाउँपालिकाका एक स्वास्थयकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ।
त्यसैगरि, धनुषामा कोरोना
को जस्तै लक्षण देखिएका एकजना पुरुषको मृत्यु भएको छ। केही दिन देखि रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण रहेको पुरुषको आइतबार मृत्यु भएको हो।
धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का पुरुषको मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली त्यहाँ पुग्न लागेकोे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।
विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषलाई गत ५ दिनदेखि रुखाखोकी, टाउको दुख्ने लगायतको समस्या रहेको मिथिला विहारी नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष विनोद मण्डलले बताए।
उनका अनुसार उनी दैनिक आफ्नो गाउँ ललियाबाट कामका लागि जनकपुरधाम आवत जावत गर्दै आइरहेका थिए । मृतकको शव अहिले पनि विनयतारा फाउण्डेशनमै रहेको छ । कोरोना परिक्षणको लागि उनको स्वाब संकलन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।