ढुंग्रेभञ्ज्याङ,(सिन्धुली),२५ साउन – कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङमा जिल्लामा पहिलो पटक सञ्चालन गरिएको भद्रकाली सामुदायिक होमस्टे यतिखेर सुनसान बनेको छ ।
बिश्वमा फैलिएको कोरोना भा ईरसको सं क्रमणका कारण होमस्टे सुनसान बनेको सञ्चालकहरुको भनाई रहेको छ । उक्त होमस्टेका अध्यक्ष चेतबहादुर थापा पनि कोरोना भाईरसको डरले होमस्टे बन्द गरेर राखेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “माघमा उद्घाटन गरेपछि चैत ९ गते जिल्लाकै आन्तिरिक ९ जना पर्यटक आउनु भएको थियो । चैत ११ गतेदेखि ल कडाउन घोषणा गरेपछि अहिलेसम्म एक जना पनि आएका छ्रैनन् ।” होमस्टे चलाउने गाँउका अरु सञ्चालकले पनि यो महामारीको बेला मान्छे नराखने भनेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार गत बर्ष जेठ महिनादेखि निर्माण सुरु गरेको होमस्टे २०७६ माघ २१ गते उद्घाटन गरी सञ्चालनमा ल्याईएको थियो । हामेस्टेमा आउने पाहुनालाई सुरुमा स्थानीय उत्पादन भुटेको मकै, भटमास र गुन्द्रुकले स्वागत गर्ने तयारी समेत उनीहरुको पुरा हुन सकेको छैन ।

पर्यटन प्रबद्र्धन गरी गाँउमै रोजगारीको अबसर सिर्जना गर्न होमस्टे सञ्चालन सुरु गरेको उहाँको भनाई छ । मगर समुदायको बाहुल्यता रहेको ढुंग्रेभञ्ज्याङमा १७ घर परिवारले होमस्टे सञ्चालन गरेका थिए । स्थानीयका अनुसार बीपी राजमार्गसँग जोडिएको ढुंग्रेभञ्ज्याङ नजिकै नेपालकै बिरताको गाथा बोकेको ऐतिहासिक सिन्धुलीगढी रहेको छ । यो बाहेक राजधानी र तराईका जिल्लाबाट नजिकै रहेको, चिसो हावापानी, प्राचिन भद्रकाली देवीको मन्दिर, प्राकृतिक मनमोहक दृष्य भएकाले स्थानीयले ढुंग्रेभञ्ज्याङमा होमस्टे सञ्चालन संभव देखेका हुन् ।
अहिले होमस्टे सञ्चालन गरिएका घर गाँउका अरु घरमा लगाएको रङभन्दा भिन्दै सुन्तला रङ लगाएर सिंगारेर चिटिक्क पारिएको छ । पाहुनाले परैबाट होमस्टे सञ्चालन गरेको घर चिनुन भनेर एकै किसिमको रङ लगाएको सञ्चालकहरु बताउछन् ।
ग्रामीण आर्थिक सशक्तिकरण समाज (श्री) सिन्धुलीका कार्यक्रम संयोजक बेदराज दाहालका अनुसार बागमती प्रदेश सरकारको कृषि पर्यटन कार्यक्रम अन्तर्गत २० लाख रुपिया र कमलामाई नगरपालिकाको पाँच लाख रुपियाको लागतमा ढुंगे्रभञ्ज्याङमा भद्रकाली सामुदायिक होमस्टे सञ्चालनमा ल्याईएको थियो । यि होमस्टेको एक पटकमा ५० जना पाहुना राख्न सक्ने क्षमता भएको उहाँले सुनाउनुभयो ।
कोदो, फापर, चिनो, कागुनो, जौ, उवा र लट्टे जस्ता रैथाने बाली लोप हुदै गएकोले ती बालीको संरक्षण र प्रबद्र्धन गर्न ग्रामीण पर्यटनस“ग जोडिएको होमस्टे निर्माण गरिएको उहाँको भनाई छ ।