शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा एक करोडको चेक सहित कार्यालय प्रमुख प क्राउ

शनिवार , श्रावण २४, २०७७

सिन्धुली,२४ साउन – अख्तियार दु रुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.९ बाट शनिवार नेपाल बिद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख उप–प्रबन्धक (नवौं तह) रितेश गुप्ता नि यन्त्रणमा लिएको छ ।

गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरु स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित बिभिन्न योजनाहरुको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटी उक्त चेकहरु लिएर काठमाडौँतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज रितेश गुप्तालाई शंकास्पद रुपमा रु.एक करोड चौबीस लाख एकानब्बे हजार एक सय पैंतालीस रुपैयाँ बीस पैसा बराबरको हस्ताक्षर भैसकेका कार्यालयका चेकहरु तथा स्वीकृत भैनसकेका सोही चेकहरुसँग सम्बन्धित कागजातहरुसमेत लिएर काठमाडौं जाने क्रममा अख्तियारको टोलीले उक्त्त चेक सहित नि यन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारी द्वारा हस्ताक्षरित पे्रश बिज्ञप्तीमा जनाईएको छ ।

आरोपी गुप्ताको अ नुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया