शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा थपिए कोरोना सं क्रमित

शनिवार , श्रावण २४, २०७७

सिन्धुली,२४ साउन – सिन्धुलीमा थप दुईजनामा कोरोना सं क्रमण देखिएको छ । स्वस्थ्य मन्त्रालयकाम अनुसार सिन्धुलम दईजनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो ।

जिल्लाको कमलामाई नगरपालिका ९ का ३८ वर्षिया पुरुषमा कोरोना सं क्रमण देखिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिनुभयो । साथै एक जना स ंक्रमितको बिबरण भने खुलेको छैन ।

कोरोना सं क्रमित भारतबाट दुई हप्ताअघि सिन्धुली आएका थिए । उनी भिमानको क्वारेन्टिनमा बसेको शाहले बताउनुभयो । उनलाई सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको छ ।

कोरोना जितेर फर्किए १० जना

सिन्धुली जिल्लामा कोरोना सं क्रमणलाई जितेर घर जानेको संख्या १० पुगेको छ । पछिल्लो पटक सिन्धुली अस्पतालमा आईसोलेसनमा भर्ना भएका कोरोना सं क्रमित चार जनाको स्वाब पिसिआर परिक्षण गर्न हेटौडा पठाईएकोमा नजिता दुई जनाको निगेटिभ र दुई जनाको पोजेटिभ आएको उहाँले बताउनुभयो ।

सिन्धुलीमा अहिले १४२ जना क्वारेन्टिनमा बसेका छन् । त्यसैगरि, कोरोना पोजिटिभ देखिएको सिन्धुली अस्पतालमा २ जना आइशोलेसनमा रहेका छन् । जिल्लामा १२३० जनाको आरडिटि टेष्ट गरिएको छ । आरडिटिमा ३४ जनाको पोजिटिभ देखिएकोमा पिसिआरबाट कुल २७ जनाको पोजिटिभ देखिएको छ । १३१८ को स्वाब संकलन गरि पिसिआर टेष्ट गरिएको सामाजिक विकास मन्त्रालय, बाग्मती प्रदेशको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया