शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

कर्मचारी संगठनको अध्यक्षमा दाहाल सर्वसम्मत चयन,

शनिवार , श्रावण २४, २०७७

सिन्धुली ,२५ साउन – नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको शुक्रवार बसेको बिस्तारित बैठकले पुरूषोतम दाहाल लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षमा डिभिजन बन कार्यालयका संघर्ष सक्षम मिश्र,महिला उपाध्यक्षमा जिससका बसन्ता घिमिरे,सह सचिबमा स्वास्थ्य कार्यालयका कुमार थापा र कोषाध्यक्षमा नापी कार्यालयका डिल्ली सौगात घिमिरे चयन हुनु भएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले कर्मचारी समायोजन पश्चात लामो समयदेखि रिक्त रहेको अध्यक्ष लगायतका अन्य पदहरू पुर्ति गरेको हो ।

नव निर्वाचित अध्यक्ष दाहाल सहितको टीमलाई प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष देबकोटाले संगठनको विधान बमोजिम शपथ ग्रहण गराउनु भयो । नव निर्वाचित नेतृत्व लाई बधाई दिदै प्रमुख अतिथि देबकोटाले आगामि सिबिए निर्वाचनमा जिल्लामा संगठनलाई बिजयी गराऊन लागिपर्न आग्रह गर्नुभयो ।

कसैका नीहित स्वार्थले ट्रेड यूनियन आन्दोलनको घाटी निमोठ्ने गरी ऐनमा ब्यवस्था गर्ने प्रयत्न केवल दिवास्वप्न हुने र ट्रेड यूनियन कुनैपनि हालतमा खारेज नहुनेमा देबकोटाले जोड दिनुभयो । सम्माननीय प्रधानमन्त्री र बिभागीय मन्त्रीको ट्रेड यूनियनकै पक्षमा स्पषट धारणा रहेको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा सीबीएका निवर्तमान अध्यक्ष फणिन्द्र ढुंगेल ,पेशागत माहासंघका टोम काफ्ले ले नवनिर्वाचित नेतृत्वलाई बधाई ज्ञापन गर्नुभयो ।

यसैगरी नवनिर्वाचित अध्यक्ष दाहालको अध्यक्षतामा आजै साँझ बसेको पुर्ण बैठकले सीबीए मा रिक्त पद का लागि संगठनको तर्फबाट अध्यक्षमा तिलक कार्की,सचिबमा शेषराज ढकाल र सदस्यहरूमा सुर्य थापा मगर,सुरेश बराल र सुजाता बस्नेत लाई पठाऊने सर्वसम्मत निर्णय भएको छ ।

संगठनले सदैव कर्मचारी हकहित,जनमैत्रि सेवा प्रवाह र सुशासन कायममा जोड दिएको भन्दै आफ्नो कार्यकालमा जिल्लामा संगठनलाई सशक्त ढंगले अगाढी बनाऊने दाहालले बताउनु भयो ।

यो जिम्मेवारी सीबीए निर्वाचनको संघारमा आफुले पाएको र संगठनलाई शानदार रूपमा आगामी असोज २४ गते हुने निर्वाचनमा बिजयी गराऊनु आफ्नो प्रमुख मिसन हुने दाहालले बताउनु भयो । दाहालले आफुलाई विश्वास गरेर संगठकहरूले सर्वसम्मत चयन गरेकोमा सबैलाई धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रमको सन्चालन संगठनका सचिब पदम मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया