सिन्धुली,२४ साउन – कमलामाई नगरपालिकाले किसानको पहिचान गर्न परिचयपत्र वितरण गर्ने भएको छ ।
कमलामाई नगरपालिकाको कृषि शाखाले नगरका १४ वटै वडामा स्थलगत रुपमा पुगेर वास्तविक किसान छनोट गरी परिचय पत्र वितरण गर्ने योजना बनाएको हो । किसान छनोटका लागि चाँडै नै कृषि विज्ञसँग छलफल गरी समेत सुझाव लिएर कार्यविधि बनाईने कृषि शाखाका प्राविधि देवीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “किसानलाई दिईने अनुदान बास्तविक किसानमो हातमा परोस भनेर परिचय पत्र बितरण गर्न लागिएको हो ।”
किसानलाई परिचय बितरण गर्न कमलामाई नगरपालिकाको चालु आर्थिक बषै ०७७/०७८ को नीति तथा कार्यक्रममा समेत समावेस भएको जानकारी दिदै उहाँले थप्नुभयो, “अनुदान लिन किसान हुँ भन्दै खल्तिमा लालपुर्जा आउने, तर बास्तविक किसान सेवा सुविधाबाट बन्चित हुदै आएकाले परिचयपत्र बितरण गर्न लागिएको हो ।”
उहाँका अनुसार छनोटमा परेका किसानलाई परिचय पत्र बितरण गरिने छ । यस्तै, चालु आर्थिक बर्ष २०७७/०७८ मा कृषि शाखालाई नगरपालिकाले निशर्त अनुदानमा एक करोड बजेट बिनियोजन गरेको छ । यसैगरी, संघबाट सशर्त अनुदानमा ३३ लाख बजेट नगरपालिकाको कृषि शाखालाई बिनियोजन गरेको छ ।
नगरपालिकाले ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमका लागि एक/एक लाख रुपियाँ विनियोजन समेत गरेको छ । त्यस्तै नगरपालिकाले कौसी खेतीको समेत प्रवद्र्धन गर्ने योजना बनाएको छ । धान, मकै, च्याउका बिउहरु ५० प्रतिशत अनुदानमा बितरण गर्ने, धान र आलुको बिजबृद्धि, सुखा क्षेत्र सिँचाई कार्यक्रम, साना कृषि उद्योग स्थापना कार्यक्रम, युवा तथा ब्यावसायी कृषकलाई प्रांगारिक खेती सहयोग जस्ता कार्यक्रमका लागि समेत बजेट बिनियोजन गरिएको जनाइएको छ ।