शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा मास्कको प्रयोग गर्ने बढ्दै

शनिवार , श्रावण २४, २०७७

सिन्धुली,२४ साउन – कोभिड–१९ को सं क्रमणबाट जोगिन सिन्धुली जिल्लामा पछिल्लो समयमा मा स्क प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालयले क डाई गरेपछि कोभिड–१९ को सं क्रमणबाट जोगिन मास्क लगाउनेको संख्या बढ्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । सडकमा मास्क नलगाई हिड्ने मानिसको बाक्लो रुपमा देखिने उपस्थिती पातलिदै गएको सदरमुकाम सिन्धुलीमाढी निवासी हरीप्रसाद ढकाल बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मास्क नलगाई हिड्नेलाई प्रशासनले निकै क डाई गरेको छ । मास्क नलगाई हिडेको अवस्थामा भेटो भने एक सय रुपिया ज रिवाना ठो की हाल्छ । त्यस्ले गर्दा पनि पछिल्लो समयमा मास्क लगाउनेको संख्या बढ्दै गएको हो ।”

को रोनाबाट जो गिन सतर्क रहनु पर्ने बेलामा प्रशासनले गरेको क डाईलाई व्यक्ति स्वयंले पनि सहज रुपमा लिएर पालना गरेको उहाँको बुझाई छ । पछिल्लो समयमा जिल्लाका सरकारी कार्यालयहरु र बित्तिय कारोबार गर्ने बैंकले समेत सेवाग्राहीलाई मास्क लगाउन अ निबार्य गरेकाले मास्कको प्रयोग गर्नेको संख्या बढ्दै गएको बताईएको छ ।

जिल्ला अदातलमा सेवा लिन आउनु भएका सेवाग्राही कमलामाई नगरपालिका–२ निवासी सेवाग्राही मिलन सुनुवार मास्क नलगाई जाँदा आफुलाई गेटबाटै छिर्न नदिएको बताउनुहुन्छ । “बजारमा गएर १० रुपियामा मास्क किनेर लाएर गएपछि मात्रै अदालतको गेटबाट छिर्न पाईयो ”, उहाँले भन्नुभयो, “उक्त क डाई पनि हाम्रै लागि राम्रै कामको लागि हो । मास्क नलगाएको बानी भएर वास्ता गरिएन, बानी पर्नै मु स्किल पर्ने भयो ।”

लकडाउन हटेपनि कोभिड–१९ को सं क्रमण बढ्दै गएकोले त्यसबाट जो गिन सबै व्यक्तिलाई मास्क लगाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे उक्त आग्रहलाई वास्ता नगरी मास्क नलगाई हिडेको व्यक्ति भेटिएमा स ङक्रमण रोग ऐन २०२० अन्तर्गत एक सय रुपिया ज रिवाना गरी कारबाही गरेर छाड्ने गरेको जानकारी दिनुहुन्छ ।

कार्यालयका अनुसार एकै दिनमा मास्क नलगाई हिड्ने १४६ जनासम्मलाई उक्त ज रिवाना गरी का रबाही गरिएको छ । उक्त कडाई गरेपछि मास्क लगाएर हिड्ने व्यक्तिको सङख्या बढेको पाईएको छ । यता सिन्धुली अस्पतालले पनि मास्कको प्रयोगका लागि सचेतना जगाउने कार्य भई रहेको र निःशुल्क मास्क पनि बितरण गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया