सिन्धुली, २३ साउन – बीपी राजमार्गको सिन्धुली खण्डमा सडकमा गरिएको कालोपत्रे उ प्किएर खाल्टै खाल्टा बने पनि सबारी दु र्घट्नाको जो खिम बढ्दै गएको छ ।
कोरोना भा ईरस सं क्रमणका कारण राजमार्गमा सवारी साधन थोरै गुडेपनि खा ल्टाखुल्टी बढ्दै गएको स्थानीयको भनाई छ । जापान सरकारको करिब २६ अर्ब लगानीमा बनेको उक्त राजमार्ग निर्माण सम्पन्न भएको हो । बीपी राजमार्गको सिन्धुली जिल्ला अन्तर्गत सदरमुकाम सिन्धुलीमाढी–खुर्कोट खण्डमा बढी खाल्टाखुल्टी भएको सदरमुकाम निवासी लोकराज देवकोटा बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “कालोपत्र गरिएको सडक देखेपछि सबारी साधन चलाउने जो सुकैले पनि वाह भन्ने गर्छन् । कम्तिमा केही वर्षका लागि ढुक्कसँग सवारी साधन चल्ने भयो भन्ने सबैको मनमा पर्छ । तर यहाँको बीपी राजमार्गमा गरिएको कालोपत्रे तीन महिना नपुग्दै उप्किएर खाल्टाखुल्टी बन्ने गरेको छ ।”
भूकम्पले क्ष ती पुर्याएपछि कमलामाइ नगरपालिका–२ अन्तर्गत पिपलभञ्ज्याङमुनि बीपी राजमार्गको र्दुइवटा घुम्तीमा सबैभन्दा बढि कालोपत्रे उप्किएको सोही ठाँउका बासिन्दा एवं सबारी चालक (दश पांग्रे ट्रक) चालक हरि थापा बताउनुहुन्छ ।

उहाँका अनुसार ती दुइ घुम्तिमा गत वर्ष मात्र दुईपटक कालोपत्रे गरि टालिएको थियो । तर तीन महिना पनि टिकेन । गत बर्ष असार र लगत्तै कात्तिक महिनामा सडक पुनःनिर्माण गरि कालोपत्रे गरिएको थियो । अहिले उप्किएर सवारी साधन सहज चल्नलाइ गाह्रो भएको छ ।
दुई घुम्तीमा एर्मजेन्सी ब्रेक लगाउनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । “यो दुई घुम्तिको सडक जहिल्यै भ त्किएको हुन्छ, कस्तो खालको काम गराइ हो,’ उहाँले भन्नुभयो, ‘भू कम्पले भत्किएको चियाबारी र पिपलभन्ज्याङ बीचको घुम्तीलाई विशेष ध्यान दिएर मर्मत सम्भार गर्नुपर्नेमा आँखामा छारो हालेझै गरि भएको मर्मत भएकाले तीन महिना टिक्दैन ।”
कैयौ पटक कालोपत्रे सहित मर्मत हुदा पनि फेरी उस्तै भएकाले गुणस्तरहिन काम भएको सबारी चालकहरुको ठम्याई पाईन्छ । जापान सरकारले हस्तान्तरण गरेकोपछि मर्मत संभारको जिम्मा सडक आयोजनाले लिएको छ । भुकम्प पछि भत्किएका खण्ड र अन्य खण्डमा ठुला खाल्टा हुदा दु र्घट्ना बढ्न थालेपछि सामान्य टालटुल गरिएको थियो ।
“सवारी व्यवस्थापन र समयमा उचित मर्मत सम्भार नहुदा राजमार्गमा दु र्घट्ना बढ्ने निश्चित छ,” कमलामाई नगरपालिका–६ का सदस्य लोकबिक्रम थापाले भन्नुभयो, “उक्त राजमार्गमा सबारी साधनको चाप कोरोनाका कारण अहिले सबारी साधन थोरै गुडेको देखिएपनि अघिपछिका दिनमा बढ्दो छ । सडक साँघुरो र खाल्टा भएकाले दु र्घटना खतरा भएको हो ।”
सबारी चालकले सकेसम्म खाल्टाखुल्टीलाई छलेर सबारी साधन चलाउन खोज्ने भएकोले ठो क्किने जो खिम पनि उत्तिकै रहेको उहाँको भनाई छ । गुणस्तरहिन मर्मत, सवारी चाप र भारवहन क्षमता भन्दा बढिका गाडि चल्नाले बीपी राजमार्गको सडक खाल्टैखाल्टा भएको हो । दैनिक अत्यधिक सवारी चल्ने र समयमा उचित मर्मत सम्भार नहुँदा राजमार्गको भविष्य नै ख तरामा पर्न सक्ने स्थानीय बताउछन् ।
उनीहरुका अनुसार नेपालकै नमूना राजमार्गको रुपमा चिनिने बीपी राजमार्ग निर्माण सम्पन्न गरि जापान सरकारले नेपाल सकारलाई हस्तान्तरण गरेको केही बर्षमै राजमार्ग क्ष तविक्षत बन्दै गएको छ । चारखण्डमा विभाजित गरेर निर्माण सम्पन्न भएको राजमार्गमा खाल्डा नभएको ठाँउ कहिकतै छैन ।
चार घण्टामा सिन्धुलीबाट काठमाडौको यात्रा तय गर्न सकिनेमा यतिखेर खाल्टाखुल्टीले छ देखि सात घण्टा लाग्ने गरेको अर्का बोलेरो जिप सन्तोष कार्कीले दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खाल्टाखुल्टीले बढि समय लाग्ने, गाडिमा टु टफुट बढि आउने र दु र्घटनाको ख तरा रहन्छ ।”

बीपी राजमार्गको नागबेली सडकको दृश्याबलोकन गर्दै काठमाडौं जाने गरेका मोटसाइकल चालक सडकको खाल्टाखुल्टीकै कारण हैरान हुने गरेका छन् ।
सिन्धुलीका सञ्चारकर्मी पुष्कर थापा भन्नुहुन्छ, “पूर्वीतराइलाइ राजधानीसँग जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग भएकाले सवारी चाप हुन्छ । मर्मत संभार टालटुले मात्र, त्यो पनि गुणस्तरहिन हुने भएकाले टिक्दै टिक्दैन् ।” स्थानीयका अनुसार राजमार्गसग जोडेर भवन निर्माण गर्ने क्रममा घडेरी खार्दा एक्साभेटर, जेसिभि लगायतका ठुला उपकरण चलाइएकाले आसपासमा समेत खाल्टैखाल्टा भएका छन् । पिपलभञ्ज्याङ, ढुंग्रेभञ्ज्याङ, सदरमुकामको रातमाटा, खुर्कोट, बारा, झाँगाझोली रातमाटा, नेपालथोकमा बढि खाल्डा छन् । नेपालथोकदेखि धुलिखेलसम्म ठुला टिफर गाडीले अत्याधिक भत्काएको छ । सुनकोसी दोहन र राजमार्गकै छेउका पहाड भत्काएर गरि अबैध सञ्चालनमा क्रसर उद्योगले समेत राजमार्गमा क्षती पुर्याएका छन् ।
घुमाउरो र अत्यन्त आकर्षक सडक खाल्टैखाल्टा भई धेरै भत्किएमा राज्यलाइ ठुलो भारपर्ने गोलन्जोर गाँउपालिकाका अध्यक्ष पुष्प कार्कीको भनाइ छ । सडकको भारवहन क्षमता र समयमै खाल्टाखुल्टी मर्मत गरे मात्र राजमार्ग बढि टिक्ने भएकाले स्थानीय तह र सडक आयोजनाले मिलेर काम गर्न उहाँले सुझाउनु भयो ।