शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हि रासत बाट थु नुवा फ रार

बिहिवार , श्रावण १५, २०७७

सिन्धुली,१५ साउन – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प क्राउ गरेको एक बालक फ रार भएका छन् । चो री अ भियोगमा प्रहरीले प क्राउ गरेको १७ बर्षिय बालक शौचालयबाट फ रार भएका छन् ।

बुधबार दिउसो उनी शौच गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको शौचालय गएकोमा शौचालयको भेन्टिलेसनमा रहेको ग्रिल निकाली फ रार भएका हुन् ।

बालक दिउसो शौचालय गएको र औषत समयमा बालक ननिस्किय पछि प्रहरीले ढोका खोल्न आग्रह गरेको थियो । तर प्रहरीले ढोका खोल्दा बालक त्यहाँबाट फ रार भई सकेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ग्रिल उद्योगमा कार्यरत बालकलाई साउन ७ गते चोरी अभियोगमा प क्राउ गरिएको जानकारी दिनुभयो । ‘बालबालिकाको अधिकारले अरुसंगै राख्न नमिल्ने भएकाले छुट्टै कोठामा राखेका थियौँ, शौचालय जानी भन्दै बालक ग्रिल निकालेर फ रार भए उनको खोजि कार्य भई रहेको छ’, उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘आवश्यक अ नुसन्धानका क्रममा बालकलाई प्रहरीले म नोवैज्ञानिक असर पर्न सक्ने भन्दै बालकलाई सम्झाई बुझाई समेत गर्दै आएको थियो ।’

प्रतिक्रिया