शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

दुर्गेश थापा ३ महिनामा ४ पटक बिच्च बिच्चमा विवादित

मंगलवार , श्रावण १३, २०७७

काठमाडौँ,१३ साउन – प्राय गीतमा वि वादित हुने नेपाली गायक को हुन् ? भन्दा दुर्गेश थापाको नाम आउँछ । नेपाली संगीत उधोगमा थापा प रिचीत नाम नै हो । तर पछिल्लो समय उनको परिचयले आम दर्शकलाई हसाई रहेको छ । नेपालमा पछिल्लो समय कोरोनाको कारण ल कडाउन भएको समयदेखी अहिलेको अवस्थासम्म आउदा उनी ४ चोटि वि वादित भए । लकडाउन बिचमा उहाँले सार्बजनिक गरेको “द मास्कर” गीतका कारण पनि उहाँ विवादमा फस्नु भयो ।

गीतमा प्रयोग गरिएको अ श्लील शब्द तथा सोनिका रोकायालाई बे ड सिनमा देखाईएको कारण वि वाद भयो । यस्तै गत वर्ष हिट भएको ‘बिच्छ बिचमा’ बोलको तीज गीतको दोश्रो भाग सार्बजनिक गर्दापनी उहाँ विवादबाट अछुतो रहन सक्नु भएन । गीतको शब्द चो रेको आरोप खेप्नु पर्यो । यता फेरि उहाँले सोहि गीतको तेस्रो भाग समेत सार्बजनिक गर्नु भयो । जुन गीत पनि वि वादको झ मेलामा फस्यो ।

तर चो रिको आरोप भन्दा दुर्गेश थापाको महिला अवतारले सामाजिक संजाल मज्जैले तात्यो । उहाँ ट्रोल संगै हासोको पात्र बन्नु भयो । उहाँ सो गीतको भिडियोमा सारी चोलिमा ढलक्क भएर गीत गाउदै गरेको देख्न सकिन्छ । विवादै विवादको झमेलामा डुबिरहन भएका थापा फेरि चर्चित पत्रकारको जालोमा फस्नु भयो । बोल्नमा खासै सिपालु नदेखिने उहाँ खरो पत्रकार ऋषि धमलाको अन्तरबार्तामा आएपछि नमज्जाले चेपिनु भयो ।

धमलाले उहाँको प्रेमको बारेमा कुरा गर्नु भयो । धमलाले प्रेमिकाको नाम फुत्काउन धेरै प्रयास गरे तर थापा सो कुरामा त अडिग बस्नु भयो । तर, अन्य गायकको गीत गाउदा भने उहाँलाई सामाजिक संजालमा मज्जैले उडाइयो । नउडाउन पनि कसरि ? अन्य गायकको उहाँले गाएको गीत सुर न तालको नै सुनिन्छ ।

उहाँले स्वर सम्राट नारायण गोपाल देखीको गीत गाउन थाले शिव परियार लगायत सबै गायकहरु मन पर्ने भन्दै परियारकै “पिउदिन भन्दा भन्दै” गीत गाउनु भयो तर शब्द चिप्ल्याउनु भयो । उहाँकैे अर्को गीत “सबैले मलाई” पनि गाए । तर, सुर चिप्लिदा सो गीत गाउदै गरेको क्लिप फेसबुक तथा टिकटकमा यतिबेला भा ईरल छ । धमलाले यम बरालको पनि गीत मन पर्छ ? भन्ने प्रश्न गर्नु भयो । थापाले दाईको गीत मनपर्छ भन्दै रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल’ गीतलाई यम बरालको बनाईदिनु भयो । अन्तरबार्ता सार्बजनिक पछि उहाँ अहिले आलोचित बनिरहनु भएको छ ।

प्रतिक्रिया