सिन्धुली,१३ साउन – दुधौली नगरपालिका –२ स्थित मधुगंगा महादेव मन्दिर यो बर्ष सुनसान बनेको छ । कोरोना भा ईरसको सं क्रमणका कारण स्थानीय प्रशासन र दुधौली नगरपालिकाले मेला लगाउन रोकेका कारण उक्त महादेव मन्दिर यो बर्ष सुनसान बनेको स्थानीय बासिन्दा बताउछन् । स्थानीयका अनुसार उक्त प्रत्यैक बर्ष साउन महिनाभरी उक्त मन्दिरमा बोलबम् मेला लाग्दै आएको थियो ।
स्थानीय बासिन्दा सिर्जना अधिकारीका अनुसार साउन महिनामा पनि अझ सोमबारका दिन बोलबम भक्तजनको थामी नसक्नु भिड हुने गरेको थियो । यो बर्ष कोरोना संक्रमण हुने डरले स्थानीय भक्तजन समेत असाध्ये थोरै गएका उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “तराईबाट आउने बोलबम भक्तजनका कारण हत्पेतको गागनदेखि मन्दिरसम्म नै असाध्यै भिड हुन्थ्यो । बीच बीचमा स्थानीय बासिन्दाले नाङले पसल थापरे राम्रै आम्दानी पनि लिन्थे । तर यो बर्ष सबै कुराको सुनसान् छ ।”
स्थानीय बासिन्दाका अनुसार उक्त मन्दिरमा साउन महिनाभरी बोलबम् मेला लाग्ने भएपनि सोमवारका दिन भक्तजनको उपस्थिति थामी नसक्नु हुन गर्दछ । शुद्ध मनले निराहार बसी उक्त महादेबको दर्शन गरेमा मनले चिताएको ईच्छा पुरा हुने विश्वासले भक्तजनको भिड लाग्ने गरेको हो ।
प्रत्येक वर्ष साउन महिनाभरी लाग्ने बोलबम मेलामा डेढ लाखभन्दा बढी श्रद्धालु भक्तजनले महादेबको दर्शन गर्ने भएपनि यो बर्ष भने सुनसान नै बनेको मन्दिरका पूजारी लुकबहादुर थापा बताउनुहुन्छ ।
उक्त वडाका अध्यक्ष तथा दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउत पनि कोरोनाको जोखिम नघटेकाले यो बर्ष मधुगंगा महादेव मन्दिरमा बोलबम मेला रोकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले दुधौली नगरपालिकाको कार्यपालिका बैठकबाटै निर्णय गरी यो बर्ष मेला रोकेका छौं । जिल्ला प्रशासन कार्यालयले पनि मेला रोकेको छ । भिडभाड हुँदा रोगको संक्रमण बढ्नसक्ने भएकाले मेला स्थगन गरिएको हो ।”
कोरोना भा इरसको सं क्र मणका कारण गरिएको लकडाउन खुले पनि साउन महिना भरी उक्त महादेव मन्दिरमा लाग्ने मेला नखुलेको उहाँले जानकारी दिनुभयो । प्रबक्त राउतले भन्नुभयो, “तराईबाट फाट्फुट् बोलमब भक्तजन आई रहेका छन्, तर उनीहरुलाई सम्झाएर बीच बाटोबाटै फर्काई दिने गरेका छौं ।”
उक्त मन्दिरमा मेला भर्न तराईका जिल्लासहित छिमेकी देश भारतबाट समेत भक्तजन आउथिए । अघिल्लो वर्ष साउन महिनामा उक्त मन्दिरमा बोलबम मेला भर्न डेढ लाख भन्दा बढी भक्तजन आएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै सुनकोसी गाँउपालिका स्थित कुशेश्वर महादेव मन्दिरमा लाग्ने मेला पनि यो बर्ष लागेको छैन । कोरोनाको कहरका कारण नै उक्त महादेव मन्दिरमा यो बर्ष बोलमब मेला स्थगन गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।