शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

उपत्यका भित्रने पूर्वी–नाका साँगामा यात्रुको स्वा ब संकलन

सोमवार , श्रावण १२, २०७७

काभ्रेपलाञ्चोक, १२ साउन - ल कडाउनको अन्त्यपछि मध्यपहाडी क्षेत्रबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेशको पूर्वी–नाका काभ्रेपलाञ्चोकको साँगामा यात्रुको स्वा ब संकलन थालिएको छ । विशेषगरी पूर्वी तराई क्षेत्रबाट बीपी राजमार्ग लगायत अन्य मार्ग हुँदै काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारी साधनका यात्रुको स्वा ब संकलन गर्न थालिएको हो ।

कारोना सं क्रमण थप फै लन नदिने उद्देश्यसहित स्वा स्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आ पत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञसहितको टोलीले बनेपा नगरपालिकास्थित साँगामा यात्रुको स्वाब स ङ्कलन गर्न थालेको को भिड–१९ रो कथाम तथा नि यन्त्रण, क माण्ड पोष्टका सदस्य–सचिव एवं जिल्ला स्वा स्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार टोलीले आइतबार अपराह्नबाट तराईका जिल्लाबाट आएका यात्रुको ‘स्याम्पिलिङ’का रुपमा स्वा ब संकलन गर्न थालिएको हो ।

टोलीलाई बनेपा नगरपालिका स्वास्थ्य शाखाले सहयोग गरेको झाले बताउनुभयो । “ना कामा स्वाब सङ्कलन तथा परीक्षणले उपत्यकामा का रोना स ङ्क्रमण प्रवेश भए नभएको पत्ता लाग्नेछ” झाले भन्नुभयो । उहाँका अनुसार ल कडाउनको अन्त्यपछि कारोनाको स ङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई थप रणनीति बनाउन मद्दत पुग्नेछ । स्वाब स ङ्क लनअन्तर्गत यस नाकाबाट उपत्यका भित्रने सबै जिल्लाका यात्रु समेटिनेछ ।

टोलीले आइतबार साँगाबाट उपत्यका प्रवेश गर्न लागेका ६२ जना यात्रुको ‘नोजल स्वाब’ सं कलन गरेको नगर स्वास्थ्य प्रमुख सत्यश्वर मकैले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी तराईको स ङ्क्रमण फैलिएका जिल्लाबाट आएका यात्रुको पहिचान गरी स्वाब स ङ्कलन कार्य भइरहेको हो । “स्वाब सङ्कलन गरिएका नागरिकको व्यक्तिगत विवरण÷पहिचान तथा सम्पर्क नम्बर लिएर पठाइने गरिएको छ, रिपोर्टमा स ङ्क्रमण पुष्टि भए तत्काल सम्पर्कमा ल्याई उपचारमा लगिनेछ” प्रमुख मकैले भन्नुभयो ।

मकैका अनुसार स्वाब सङ्कलन गरिएका व्यक्तिको २४ घण्टामा रिपोर्ट आउने व्यवस्था मिलाइएको छ । आइतबार स्वा ब संकलन गरिएका व्यक्तिको आज साँझसम्म वा भोलि बिहानसम्म रिपोर्ट आइपुग्ने मकैले बताउनुभयो । आजदेखि दैनिक दुई सिफ्टमा स्वाब सङ्कलन भइरहेको जनाइएको छ । साँगा नाकाबाट करिब चार हजार यात्रुको स्वाब सङ्कलन गरिने योजना बनाइएको छ । टोलीका लागि बनेपा स्वास्थ्य शाखाले टेन्ट व्यवस्थापन गरेको छ भने दैनिक २–३ स्वास्थ्यकर्मी खटाएको छ ।

टोलीले नाकामा प्रत्यक्ष रुपमा खट्ने सुरक्षाकर्मी, कर्मचारीको पनि स्वाब सङ्कलन गरिने जनाएको छ । केन्द्रले काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकाहरू साँगासहित नागढुङ्गा र फर्पिङबाट समेत गरी १० हजार यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गर्ने योजना बनाएको छ । यात्रुको स्वाब सङ्कलन कार्य आउने बिहीबारसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया