सिन्धुली,१२ साउन – प्रहरीलाई आर्थिक प्र लोभनमा पार्न खोजेको अ भियोगमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जनालाई नि यन्त्रणमा लिएर का र्वाही गरेको छ ।
डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्र लोभन देखाई घु स रकम दिन खोज्ने व्यक्तिहरुलाई घु स वापतको रकम सहित प क्राउ गरी कानुन बमोजिम का रवाही गरीएको र आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सं क्रमणको जो खिमलाई मध्येनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्र लोभन देखाई सरकारको निर्देशन उ लंघन गर्न खोज्नेहरुलाई घु स वापतको रकम सहित प क्राउ गरी कानुनि का र्वाहीको दा यरामा ल्याईएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिनु भयो ।
बिशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दु रुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दु र्घटना गराई कानुनी का र्वाहीबाट उ म्कने र नदिजन्य सामाग्री अ बैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैमया देखी ५ हजार रुपैंया सम्म र कम दिएर प लोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित प क्राउ गरेकोले गिरीले बताउनु भयो ।
बिभिन्न मिती र समयमा प क्राउ परेका व्यक्तिहरुलाई क सुर अनुसार सावर्जनिक हित, स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको क सुरमा मु द्धा चलाईएको,संक्रमण रो ग ऐन २०२० अनुसार आवश्यक का र्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उं ल्घन गरेको कसुरमा जरिवाना गराईएको गिरीले भन्नु भयो । आर्थिक प्र लोभनको लागि प्रहरीलाई दिईएको रकम भने अबआईन्दा यस्तो कार्यमा संलग्न नहुने सर्तमा कागग गराई सम्बन्धीत व्यक्तिलाई भरपाई गराई बुझाइएको गिरीले जानकारी दिनु भयो ।
आर्थिक प्र लोभनमा नपरी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोहोत्सान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यस अगाडीनै एक जना प्रनानि दर्जाको प्रहरी कर्मचारी सहित ४ जनालाई पुरस्कार प्रदान गरीसकेको र सोमवार बागमती प्रदेश प्रहरी कार्यालयले थप ३ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार (नियमानुसार पाउने) प्रदान गरेको उहाँले जानकारी दिनु भयो । सोमवार पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुईजना रहेका छन ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पार्दर्शीता र इमान्दारीता देखिन थालेको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको छ ।