सिन्धुली,१२ साउन – सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ खुर्कोट नजिकको कान्ढुंग्रीबाट चार दिन अघि सुनकोसी नदीमा हा मफालेर बे पत्ता भएका एक युवाको खो जतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मलेशियाबाट फर्किएर बीपी राजमार्ग हुदै घरतर्फ जा“दै गरेका संखुवासभा धर्मदेवी गाँउपालिका –८ निवासी २८ वर्षीय अभिजंग सोम्याङ बुधबारसा“झ सुनकोसी नदीमा हाम्फालेर वे पत्ता भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी निरिक्षक शान्ता वाईवाले सुनकोसी नदीमा बे पत्ता भएका ती युवाको खो जतलास कार्य भई रहेको बताउनुभयो ।
“सबै तिर परिपत्र गरेका छौं, लास भेट्ने बित्तिकै खबर गर्नु भनेर,” उहाँले भन्नुभयो, “सुनकोसी नदीमा बाढी आई रहेकोले खो जी कार्य क ठिन बनेको छ ।” उहाँका अनुसार ती युवा बीपी राजमार्ग हुदै घर हिडेको बेला खुर्कोटमा होल्डिङ सेन्टरमा बस रोकेको बेला पिसाव फेर्नका लागि ५ मिनेट भन्दै शरिरको लुगा खोलेर सुनकोसीमा हा म्फालेको वसमा सवार अन्य यात्रुहरुले बताएका छन् ।
ऋ ण गरेर कामको लागि मलेशिया गएकोमा कोरोना कहरले रित्तो हात फर्कनु परेको पीडाले नदीमा हाम्फालेर मृत्यु रोजेको हुनसक्ने प्रहरीको अनुमान छ ।