सिन्धुली,१२ – सबारी साधन का रबाहीबाट एक करोड आठ लाख रुपैया भन्दाबढी राजश्व संकलन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले गत आर्थिक बर्ष ०७६/०७७ मा सबारी साधनलाई का रबाही गरी एक करोड आठ लाख २१ हजार पाँच सय रुपैया राजश्व संकलन गरेको छ ।
कार्यालयका अनुसार सो अवधिमा १३ हजार २५० सबारी साधनलाई का रबाही गरी उक्त राजश्व संकलन गरिएको हो । अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा १७ हजार ७२२ सबारी साधनलाई का रबाही गर्दा एक करोड २० लाख ४८ हजार रुपैया राजश्व संकलन भएको थियो ।
गत आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गरे बापत दुई हजार २९९ वटा बस का रबाही गर्दा २४ लाख १४ हजार पाँच सय, तीन हजार ६०८ ट्रक का रबाही गर्दा २९ लाख ८९ हजार पाँच सय रुपैया, दुई हजार ५१६ जिपका र का रबाही गर्दा १९ लाख ९८ हजार रुपैया, ४६६ वटा ट्याक्टर का रबाही गर्दा तीन लाख ६४ हजार पाँच सय रुपैया राजश्व असुली भएको कार्यालयले जनाएको छ ।
त्यस्तै सो अबधिमा दुई हजार ९०७ मोटर साईकल का रबाही गर्दा २३ लाख ३६ हजार पाँच सय रुपैया र ९५४ वटा अटो का रबाही गर्दा सात लाख १८ हजार पाँच सय रुपैया राजश्व असुली भएको ट्राफिक प्रहरी सई कृष्णबहादुर क्षेत्रीले जानका री दिनुभयो ।
गत आर्थिक बर्ष ०७६/०७७ मा अघिल्लो आर्थिक बर्षको तुलनमा १२ लाख ६६ हजार पाँच सय रुपैया राजश्व संकलन कमि भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘लकडाउन घोषणासँगै राजश्व संकलन पनि प्रभावित भएको हो ।’
अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा दुई हजार ६९५ वटा बस का रबाही गर्दा १८ लाख ४८ हजार, चार हजार ६३१ ट्रक का रबाही गर्दा ३० लाख ७१ हजार, चार हजार ६६९ जिपका र का रबाही गर्दा ३२ लाख ७४ हजार पाँच सय, ७४५ वटा ट्याक्टर का रबाही गर्दा पाँच लाख २८ हजार, मोटर साईकल तीन हजार ७४४ का रबाही गर्दा २४ लाख ५९ हजार पाँच सय र अटो एक हजार २३८ वटा का रबाही गर्दा आठ लाख ६७ हजार रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गत आर्थिक बर्ष ०७६/०७७ मा कार्यालयमा दर्ता भएका ६६ वटा सबारी दु र्घट्ना भएको छ । उक्त दु र्घटनामा ३४ जना मानिसको ज्यान गएको छ । अरु ७१ जना सख्त घा ईते भएका छन् भने ५१ जना सामान्य घाईते भएको ट्राफिक प्रहरी नायब निरिक्षक क्षेत्रीले जानका री दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आर्थिक बर्ष ०७५/०७६ मा सबारी दुर्घट्नमा ४६ जनाको ज्या न गएको थियो । यो गत आबको तुलनमा १२ जना बढी ज्या न जानेको संख्या बढी हो । अघिल्लो आर्थिक बर्षमा सबारी दु र्घट्नामा परि सख्त घाईते ७९ जना र समान्य घाईते ९१ जना भएका थिए ।
ट्राफिक प्रहरीको सक्रियता र सचेतनाका का रण नै गत आर्थिक बर्षमा सबारी दु र्घट्ना कम भएको ट्राफिक प्रहरी नायब निरिक्षक क्षेत्रीले बताउनुभयो ।