शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली भिमानको जग्गा करोडौंमा विक्री, ला लपुर्जा छैन्

शुक्रवार , श्रावण ९, २०७७

सिन्धुली,९ साउन –कमलामाई नगरपालिका बनाउदा सिद्धेश्वर र भिमान गाविस मिलेर बनेको हो । त्यही गाविस मध्येको भिमानको मुटु मानिने भिमान बजारको अधिकांश स्थान ला लपुर्जा विहीन छ, भन्दा पत्यार नलाग्न सक्छ । तर य थार्थ यही हो । सिंगो भिमान बजार यतिखेर ला लपुर्जा विहीन अवस्थामा छ ।

भिमान बजारको तीनसय घरधुरी ला लपुर्जा विहीन बनेको छ । भिमान बजारमा अहिले धमाधम पक्की घर समेत बनेका छन्, तर त्यसको धनीका हातमा ला लपुर्जा छैन् । घर गृहस्थी गरेर बस्नेको लागि त ठुलो स मस्या छैन् , तर व्यापार व्यवसाय गर्नेका लागि भने ला लपुर्जा विहीन बन्दा ठुलो स मस्या भएको छ । बैंक अथवा अन्य निकायमा ला लपुर्जा राखेर ऋ ण लिइ उद्यम तथा व्यापार गर्नका लागि लाखौं मुल्यको जग्गा कौ डीको मूल्यांकन हुदैन् ।

२०२८ सालको नापी होस या २०३६ सालको, दुवै समयमा भिमान बजार परेन, पहिला, पहिला तिरोको ड रले समेत जग्गा ननपाउने कारणले भिमान बजार प्र ताडित बनेको स्थानीयको भनाइ छ । स्थानीय बासिन्दा एवं जनजागृती क्याम्पस पूर्व प्रमुख शालीग्रामप्रसाद पौडेलका अनुसार तिरोको भ यले पहिला गाउ व्लक भनेर नापी आउदा समेत ननपाउने चलन थियो । प्रमुख पौडेलको भनाइमा भिमान बजार ला लपुर्जा वि हीन बन्नुमा लामो इतिहास छ । २०२२ सालतीर भिमान बजारमा दुई चारवटा घर मात्र थिए, खेतहरु बजार भन्दा तलतीर रहेको थियो , पहिलो नापी आउदा खेतहरु परे तर भिमान बजार नपाउन कसैले चासो राखेन, पूर्व प्रमुख पौडेलले भन्नु भयो,“ तिरो तिर्ने ड रले कसैले नपाएनन् ।”

तत्कालिन समयमा वन सिमाना लगाएकोले नापी नभएको स्थानीयबासीको भनाइ छ । वन सिमाना सरकारले लगाएको थियो, स्थानीय टंकप्रसाद पोखरेलले भन्नु भयो,“ बजार भन्दा तलतिरको जग्गालाइ सिमाना बनाएर डिर्माकेशन (पोल गाडिएको) गरिएको थियो ।” वनले खाली गराएको जग्गा तत्कालिन समयमा गाउ पञ्चायतको हुने भन्ने थियो ।

सोही अनुसार गाउ पञ्चायतले तत्कालिन समयमा विद्यालय सञ्चालनका लागि केही रकम लिएर जग्गा बितरण गरेको थियो, पूर्वप्रमुख पौडेलले भन्नु भयो,“ बस्ती बस्न दिएर उठेको रकमबाट भवन बनाइ बाणिज्य बैंकलाइ भाडामा दियौं, त्यसबाट आएको रकम विद्यालय संचालनमा खर्च गरिन्थ्यो ।” त्यस बेला जग्गा दिए बापत करिब ३० हजार रकम संकलन भएको थियो, उहाँले थपनु भयो । विद्यालयले फिटको हिसाबमा पैसा लिएर स्थानीयलाइ जग्गा बितरण गरेको थियो ।

भिमान बजारमा अहिले सडक छेउको जग्गा प्रति धुर ७ देखि १० लाख सम्ममा बिक्री हुने गरेको छ । नगरपालिकामा गएर विक्री बितरण हुन्छ, लालपुर्जा भने छैन्, अर्का स्थानीय एवं समाजसेवी हरिशचन्द्र पौडेलल भन्नु भयो,“सरकारले तत्काल लालपुर्जा बितरण गर्नुप र्यो ।” ऐलानी रहेको जग्गा अहिले सबै नगरपालिकामा दर्ता रहेका छन् ।

लाखौंमा जग्गा कारोबार भयो तर धि तो चलेन स्थानीयले पि डा पोखे । भिमान बजारमा रहेको मेघा विकास बैंकले शाखा कार्यालय स्थापना गरेको छ, तर भिमान बजारका बासिन्दाले जग्गा तथा घर धितो राखेर ऋण लिन पाएका छैनन् । भिमान बजारमा एक व्यक्तिको बढिमा दुइ कठ्ठा जग्गा रहेको छ । जग्गाको विक्री हुन्छ, तर धितो राखेर कारोबार गर्न पाइएन्, अर्का स्थानीय बसन्त भुजेलले गुनासो पोख्नु भयो । उहाँले तत्काल सरकारले भिमान बजारका वर्षौदेखि बस्दै आएका स्थानीयलाइ ला लपुर्जा दिनुपर्ने बताउनु भयो ।

तत्कालिन समयमा सु कुम्बासी समस्या समाधान आयोगले लालपुर्जा बितरणका लागि पहल कदमी चालेपनि बीचमै तुहिएको स्थानीयको भनाइ छ । लालपुर्जा बितरण हुन्छ भन्थे, तर गरेनन् तत्कालिन समयमा सु कुम्बासी समस्या समाधान आयोग जिल्ला समितिका पदाधिकारीहरुको भनाइलाइ उद्धत गर्दै स्थानीयले दर्शाए ।

प्रतिक्रिया