शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बिषालु सर्पको टोकाईले सिन्धुलीमा एक जनाको ज्यान गयो 

शुक्रवार , श्रावण ९, २०७७

दुधौली(सिन्धुली),९ साउन– सिन्धुली जिल्लाको कमलाखुँज क्षेत्रका बासिन्दा गो मन र क रेत जस्ता बि षालु सर्पको टो काईबाट आ तंकित बनेका छन् ।

यो बर्ष गत जेठ महिनादेखि हालसम्म बि षालु स र्पको टो काईबाट एक जनाको ज्या न गएको छ भने ४१ जना बि रामी भई सकेको दुधौली नगरपालिकास्थित स र्पदंस उपचार समितिले जनाएको छ । समितिका अनुसार त्यस क्षेत्रमा बर्सेनि गर्मी मौसमको सुरुसँगै जेठ महिनादेखि कात्तिक महिनासम्म गो मन र क रेत जस्ता बि षालु स र्पको बिगविगी हुने गरेको छ ।

बि षालु स र्प (गो मर र क रेत) ले टो केका बिरामी जेठ महिनामा १४ जना, असार महिनामा २३ जना र साउन महिनामा हालसम्म चार जना उपचार गर्न आएका दुधौली स्वास्थ्य चौकीका ईन्चार्ज बिन्देश्वर साहले जानकारी दिनुभयो । यो बर्ष असारको अन्तिम सातामा बि षालु स र्पले टो केर दुधौली नगरपालिका–५ सिर्थौली निवासी १६ बर्षिय शिबराज गोराईतको ज्या न गएको उहाँले सुनाउनुभयो ।

स्वास्थ्य चौकी ईन्चाजै साहले भन्नुभयो, “बिरामीलाई समयमा नै ल्याएको भए बचाँउन सकिन्थ्यो । सर्पले टोकेपछि धामीझाँक्री खोज्दै हिडेछन् । अन्तिम अवस्थामा बिरामीलाई ल्याएको हुनाले बँचाउन सकिएन ।” बिषालु सर्पको टोकाईबाट कमलाखुँज क्षेत्र अन्तर्गतका दुधौली नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका बासिन्दा बर्सेनि प्रभावित हुदै आएका छन् । गत बर्ष झण्डै सय जना व्यक्ति बिषालु सर्पको टोकाईबाट बिरामी भएका स्वास्थ्य चौकीले जनाएको छ ।

केही बर्ष पहिलेसम्म स्थानीयस्तरमा चन्दा उठाएर सर्पले टोकेका बिरामीलाई उपचारको व्यवस्था मिलाउदै आएकोमा स्थानीय तह गठनसँगै सम्पूर्ण खर्च दुधौली नगरपालिकाले व्यहोर्दै आएको स्वास्थ्य चौकीका ईन्चार्ज साहले जानकारी दिनुभयो ।

उहाँले स र्पले टोकेका बिरामीलाई आवश्यक पर्ने सबै दबाई नगरपालिकाको सिफारिसमा स्वास्थ्य विभागले निःशुल्क उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै खर्च नगरपालिकाले व्यहोरेको छ, बिरामीको उपचार निःशुल्क हुदै आएको छ ।” त्यस क्षेत्रमा राजगोमन र बैरीकरेत जस्ता बिषालु सर्पका प्रजाती रहेका छन् ।

बि षालु सर्पको बिगबिगि रहेको त्यस क्षेत्रमा बिरामीको उपचार गर्न सुविधा सम्पन्न सरकारी अस्पतालको आवश्यकता रहेको स्थानीय बासिन्दाले माग गर्दै आएका छन । बिषालु सर्पदंश उपचार समितिका अध्यक्ष लालबहादुर थापा स्थानीयस्तरमा बिषालु सर्पले टोकेका बिरामीको उपचार गर्न सुविधा सम्पन्न सरकारी अस्पताल नहुदा समस्या पर्ने गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सर्पले टोकेका बिरामीको उपचार गर्न स्थानीय बासिन्दाले सरकारसँग पटक–पटक सुविधा सम्पन्न सरकारी अस्पतालको माग गरेपनि अहिलेसम्म सुनुवाई भएको छैन ।” दुधौली नगरपालिकास्थित बिषालु सर्पदंश उपचार समितिमा उक्त नगरपालिकाका मात्रै झण्डै पाँच हजार घर परिवार आबद्ध छन् ।

यस क्षेत्रमा क्रिश्चियन धर्म मान्ने मासिनहरु धेरै रहेका र बिषालु सर्पले टोकेपछि बिरामीलाई समयमा नै उपचार गर्नुको सट्टा उनीहरु भेला भई बाईबल पल्टाएर प्रार्थना गर्ने गरेकाले बिरामी अन्तिम अवस्थामा मात्रै उपचारका लागि समितिमा आई पुग्ने समस्या पनि रहेको बताईएको छ ।

बि षालु स र्पको टो काईबाट भएका बिरामीमध्ये अवस्था हेरी धेरै जसोलाई सिरहा जिल्लाको चोहर्वा स्थित नेपाली सेनाको गणमा र केहीलाई स्थानीय उपचार समितिमा उपचार गर्ने गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया