सिन्धुली,९ साउन – सिन्धुली जिल्लामा फडानीकै कारण नाङ्गा तथा उ जाड बनेका डाँडाहरुलाई सामुदायिक वनको रुपमा गठन गरि उपभोक्तालाई हस्तान्तरण गरेपछि पुनःघना जंगलमा परिणत हुदै गएका छन् ।
उपभोक्ताकै फ डानीका कारण नांङ्गो बनेका डाँडाहरु सामुदायिक वनको रुपमा पाएपछि उपभोक्ताहरु नै अहिले वन विनासलाई नियन्त्रण गर्नुका साथै बृक्षा रोपण, संरक्षण, रेखदेख, गोडमेल लगायतका काम गरी घना जंगलमा परिणत गर्न लागि परेका छन् । “पहिले उपभोक्ताहरु नै लुकिछिपी फडानी गरेर काठ काटेर वन सिध्याएका थिए, अहिले त्यो ठप्प जस्तै छ,” सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हितलाल श्रेष्ठ भन्नुहुन्छ, “चो रलाई नै चावि दिएपछि सामान नहराएको जस्तै भएको छ ।”
सामुदायिक वनबाट हुने आम्दानीबाट स्थानीय समुदायले गाँउमा विद्यालय सञ्चालन, सडक, खानेपानी, सौर्य उर्जा तथा विद्युत विस्तार र बैदेशिक रोजगारिमा जानेलाई ऋण सहयोग गरि सामाजिक विकासका काम समेत भई रहेको उहाँले जानकारी दिनुभयो । सामुदायिक वनभित्र स्थानीय समुदायले फलफुल र जडिबुटि खेति गरि आयआर्जनका काम समेत गरि रहेका अध्यक्ष श्रेष्ठको भनाई छ ।
उहाँले भन्नुभयो, “सामुदायिक वनबाट हुने आम्दानीको ३० प्रतिशत रकम स्थानीय समुदायमा गरिबी निबारणको क्षेत्रमा र २५ प्रतिशत रकम वन व्यवस्थापनमा खर्च गर्नु पर्ने मार्ग निर्देशन रहेकोमा त्यसलाई कडाईका रुपमा लागू गरिन्छ ।”
हैसियत बिग्रिएर उजाड तथा नङ्गो बनेको वनलाई सामुदायिक वनको रुपमा गठन गरि समुदायलाई हस्तान्तरण गरेपछि उनीहरुले त्यसलाई संरक्षण र सम्बद्र्धन गरि पुनः हराभरा वन बनाएको महासंघले जनाएको छ ।
सदरमुकामस्थित च्याउकोट सामुदायिक वनका अध्यक्ष भिष्मराज श्रेष्ठ उपभोक्ताले वनको संरक्षण गर्न जिम्मा पाएपछि काठको चोरी निकासी रोकिनुका साथै वन विनास पनि नियन्त्रण भएको बताउुनहुन्छ । उहाँले भन्नुभयो, “वनमा गई जथाभावी घाँस दाउरा काट्नेलाई समेत दण्ड जरिवानाको व्यवस्था गरेका छौ भने उपभोक्ता चिन्नका लागि परिचय पत्र बितरण गरेका छौं ।”
सुख्खा मौसममा वनमा आगलागि हुदा सबै उपभोक्ता मिलेर निभाउने गरेको समेत उहाँले जानकारी दिनुभयो । सामुदायिक वनकै आम्दानीबाट गरिबी न्युनिकरण गर्न बेलाबेलामा उपभोक्तालाई बाख्रा समेत बितरण गर्दै आएको उहाँको भनाई छ ।
उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५१० वटा सामुदायिक वन समिति गठन गरि उपभोक्तालाई हस्तान्तरण भई सकेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीले जनाएको छ । हस्तान्तरण भई सकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलब ८५ हेक्टरमध्ये ९० हजार २२१ दशमलब ३४ हेक्टर क्षेत्रफल ओगटेको छ ।
डिभिजन वन कार्यालय सिन्धुलीका अनुसार राज्यको पुनर्संम्रचनापछि अहिले जिल्लामा दुई वडा डिभिजन वन कार्यालय रहेको र उक्त वन कार्यालय अन्तर्गत ३०४ वटा सामुदायिक वन समिति रहेका छन् । गत आर्थिक बर्ष ०७६÷०७७ मा दुई वटा सामुदायिक वन समिति गठन गरी उपभोक्तालाई हस्तान्तरण गरिएको छ । ३०४ वटा सामुदायिक वनबाट ३९ हजार ९८७ घरधुरी लाभान्वित भएका छन् ।
हैसियत बि ग्रीएको वनलाई सामुदायिक वनको रुपमा गठन गरि स्थानीय समुदायलाई हस्तान्तरण गरेपछि पुनः घन जंगलमा परिणत भएको डिभिजन वन अधिकृत नारायण श्रेष्ठ बताउनुहुन्छ । सिन्धुली डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायिक वन मध्ये ४७ वटा वन समितिमा बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको उहाँले जानकारी दिनुभयो ।
दुई नगरपालिका र सात वटा गाँउपालिका रहेको सिन्धुली जिल्लामा आर्थिक वर्ष ०५१÷०५२ देखि सामुदायिक वन विकास कार्यक्रम लागू भएको हो । सामदायिक वन गठन भएपछि स्थानीय उपभोक्तालाई उद्देश्य, अधिकार र कर्तब्य बारे जनचेतना अभिबृद्धि गर्ने कार्यक्रम, कार्य योजना बनाउने तालिम, बिरुवा सहयोग, वन व्यवस्थापन र अभिलेख राख्ने तालिम दिने काम भई रहेको पनि कार्यालयले जनाएको छ ।