सिन्धुली, ७ साउन – मलेसियाबाट फर्किएर घर तर्फ जादै गरेका सखुवासभाका एक युवा सुनकोसीमा हा म फालेर बे पत्ता भएका छन् । मलेसियाबाट काठमाडाँै आइ भक्तपुरको होल्डिङ सेन्टरमा बसेर विपी राजमार्ग हुदै घर जाने क्रममा उनले सुनकोसीमा हा म फालेर बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिनु भयो ।
उहाँका अनुसार यहाँको सुनकोसी गाँउपालिकास्थित कानढुंग्रीको विपी राजमार्गमा पिसाब गर्नका लागि पाँच मिनेट गाडी रोकिएको र सोही समयमा सुनकोसीमा गई कपडा खोलेर सखुवासभा धर्मदेवी ८ बस्ने २८ बर्षिय अभिजङ सोम्याङ सोमीदावा सुनकोसीमा ह ाम फाल्दा ब ेपत्ता भएका हुन् ।
बा.३.ख.८०८८ नम्बरको .बस होल्डिङ सेन्टर भक्तपुरबाट मानिस लिई झापा तर्फ जाने क्रममा विपी राजमार्गको कानढुङग्रीमा ५ मिनेट रोकिंदा गाडिमा सवार मलेसियाबाट फर्किएर होल्डिङ सेन्टरमा बसेर घर फर्किएका ति युवा सुनकोसि नदि किनारमा गई शरिरको कपडा खोलि नदिमा ह ांम फालेर बे पत्ता भएका हुन्, डिएसपी खत्रीले भन्नु भयो, “बेपत्ता भएका युवाको खोजी भइरहेको छ ।”
यस्तै सिन्धुलीको मरिण गाँउपालिका .३ मथौली स्थित मरिण खोलाको बिचमा ढुंगामा अडकिएको अबस्थामा एक पुरुषको श ब फेला परेको छ । अन्दाजी ३९÷४० बर्षिय पुरुष ब्यक्तिको मृत्त लाश फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनको साथमा जिल्ला महोत्तरी खयरमारा ६ बस्ने हेम बा.कामिको छोरा जित बहादुर बि.क.(जन्म मिति २०३६ लेखिएको) नागरिकता फेला परेको छ । घटनाको प्रकृती हेर्दा खोलाले बगाई ल्याएको जस्तो देखिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक खत्रीले जनाउनु भयो ।