शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बीपी स्मृती दिवसमा र क्तदान कार्यक्रम

मंगलवार , श्रावण ६, २०७७

सिन्धुली,६ साउन –सिन्धुली जिल्लामा पूर्व प्रधानमन्त्री तथा जननायक बीपी कोईरालाको ३८ औं स्मृती दिवस मंगलबार मनाइएको छ ।

नेपाली काँग्रेक केन्द्रिय कार्यालयको निर्देशन अनुसार सदरमुकाम सिन्धुलीमाढीमा नेपाल विद्यार्थी सघले र क्तदान कार्यक्रम आयोजना गरी उक्त दिवस मनाएको हो । र क्तदान कार्यक्रमको नेपाली काँग्रेस सिन्धुलीका सभापति उज्ज्वल बराल रक्तदान दिई शुभारम्भ भएको थियो ।

नेपाल रेडक्रश जिल्ला शाखाको आकस्मिक र क्त सञ्चार सेवा प्रांगणमा भएको रक्तदान कार्यक्रममा जिल्लास्थित नेपाली काँग्रेसका नेताहरु प्रेमचन्द्र दाहाल, जिल्ला सचिब कृष्णप्रसाद दाहाल तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

र क्तदान कार्यक्रममा २० जनाले रगत प्रदान गरेको नेविसंघ जिल्ला अध्यक्ष उत्पल खड्काले जानकारी दिनुभयो ।

सोही अबसरमा नेपाली काँग्रेस सिन्धुलीले जिल्ला अस्पताललाई आकस्मिक कक्षमा राख्ने गरी अटोमेटिक से नीटाईजर मेसिन हस्तान्तरण गरेको छ । जिल्ला पार्टी सभापति उज्ज्वल बराले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेल र मेडिकल सुपरिटेन्डेण्ट डा. लक्ष्मण खड्कालाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया