शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

तीन महिने सिलाईकटाइ तालिम सम्पन्न

मंगलवार , श्रावण ६, २०७७

तालिममा सहभागिलाई प्रमाणपत्र दिदै सुनकोसी गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहाल ।

सिन्धुली,६साउन– यहाँको सुनकोसी गाँउपालिका वडा नं. ५ मा तीन महिने सिलाई क टाइ तालिम सम्पन्न भएको छ । वडा नं. ५ का १५ जना महिलाहरु सहभागि भएको तालिमको सोमबार समापन «गरिएको हो । सुनकोसी गाँउपालिकाको आर्थिक सहयोगमा वडाका वि पन्न महिलाहरुलाई आत्मानिर्भर बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको थियो । तीन महिनासम्म चलेको तालिमको धनकुमारी कार्कीले प्रशिक्षण दिएको तालिममा सहभागिले बताउनु भएको छ । गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । समापनका अबसरमा प्रमुख अतिथि दाहालले अवसर पाए महिलाहरुले जुनसुकै काम गर्न सक्ने भएकाले आ त्मानिर्भर बनाउन तालिम दिइएको बताउनु भयो । काम गर्न र सिप सिक्न चाहने महिलाहरुलाई गाँउपालिकाले साथ दिने भन्दै उहाँले सबै महिलाहरुलाई आत्मानिर्भर बन्नेतर्फ लाग्न सुझाव दिनु भयो । सिलाइकटाइ व्यवसायको सम्भावना राम्रो रहेकाले तालिमबाट सिकेर व्यवहारमा उतार्दै व्यवसायीक बन्न महिलाहरुलाई अध्यक्ष दाहालले आग्रह गर्नु भयो । तपाइहरुले सिकेको सिपलाई व्यवसायीक बनाउनुस्, उहाँले भन्नु भयो गाँउपालिकाले सधै साथ दिन्छ । तालिममा सहभागिलाई सिलाईक टाइ तालिम लिइएको प्रमाणपत्र दिइएको गाँउपालिकाले जनाएको छ । यसैगरि सोमबारनै गाँउपालिकाले पञ्चकन्या आधारभुत विद्यालयका ४५ जना विद्यार्थीलाई निशुल्क ड्रेस उपलब्ध गराएको छ ।  

प्रतिक्रिया