सिन्धुली ,५ साउन– सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–७ नेकपाका वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई ब लात्कार गरेको अभियोगमा आईतबार राती प्रहरीले प क्राउ गरेको छ ।
सोही ठाँउकी १५ बर्षिया बालिकालाई ब लात्कार गरेको उजुरी बालिकाका आफन्तले आईतबार दिएपछि प क्राउ गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । बालिकाका आफन्तले आईतबार दिउसो उक्त उ जुरी इृलाका प्रहरी कार्यालय खुर्कोटमा दर्ता गराएका थिए ।
उक्त ईलाका प्रहरी कार्यालयका ईन्चार्ज तथा प्रहरी निरिक्षक शान्ता वाईवाका अनुसार प क्राउ परेका देवकोटाले बालिकालाई २०७६ माघ महिनामा ब लात्कार गरेको खुलेको छ । बालिकाले पेट दु ख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि ब लात्कृत भएको घट्ना बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक श्यामबहादुर क्षेत्रीले उक्त घ ट्नाको बिबरण राती पाएकोले आफुले हेरी नसकेको बताउनुभयो ।
उक्त घ ट्ना बाहिर आएपछि प्रहरीले खोजतलास गरी प क्राउ गरि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको उहाँले बताउनुभयो । ब लात्किृत बालिकाले घाँस काट्न जान नदिई ज बर्जस्ती ब लात्कार गरेको प्रहरी समक्ष बयानमा बताएकि छिन् । अ भियुक्त देवकोटाले बालिकालाई विभिन्न धा कधम्की र ड रत्रा स देखाएर कसैलाई पनि घ टना बारेमा नबताउन दवाव दिइएको पि डित बालिकाले बताएकी प्रहरी निरिक्षक वाईवाले बताउनुभयो ।
बालिका ब लात्कारको अभियोगमा प क्राउ परेको देवकोटा खुर्कोटमै रहेको नेपाली चुलो होटलका सञ्चालक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँपालिका वडा नम्बर–७ का वडा कमिटीका सचिव समेत रहेका छन् । बलात्कारको घटना गाउँमा नै मिलाई दिन अभियुक्त देवकोटाले हा रगुहार गरेको थिए । तर पि डित पक्ष नमानेको स्थानीयको भनाई छ ।