सिन्धुली,४ साउन– सिन्धुलीको दुधौली नगरपालिका– ५ घारीथुन्सि पुरानो डिहीमा झण्डै डेढ दर्जन गरीपरिवार प हिरोको उ च्च जो खिममा परेका छन् ।
दश वर्ष अघि गएको उक्त प हिरो नि यन्त्रणका लागि हालसम्म कुनै पनि निकायबाट प्रभावकारी काम नहुदा यो वर्ष पनि वर्षासँगै प हिरो बग्न सुरु गरेको पीडित परिवारले बताएका छन् । उनिहरुका अनुसार ठूलो पानी पर्योकी रातभर जा ग्राम बस्नु पर्ने अवस्था छ ।
प हिरोबाट पी डित स्थानीय बासिन्दा खजिन्द्र पाख्रिन प हिरो बर्सेनि बग्दै घर नजिकै आइसकेको गु नासो गर्नुहु्न्छ । उहाँले भन्नुभयो, “ठूलो पानी पर्यो कि भगवानको नाम जपेर बस्नु पर्दछ । जाने अन्त कतै ठाँउ नभएकाले प हिरोको त्रासमा जीवन गु जार्नु परेको छ ।” सुरुमा उक्त प हिरोले छ जनाको ज्यान लिएको र हालसम्म पनि प हिरो नि यन्त्रण गर्न कुनै निकायले चासो नदेखाएको उहाँले बताउनुभयो ।
त्यस्तै प हिरो पीडित अर्का स्थानीय बासिन्दा काले कामी प हिरो नि यन्त्रण गर्न सरकारीस्तरबाट प्रभावकारी काम नभएपछि जोखिममा परेका गाउँलेहरु आफैंले गरेको प हिरो नि यन्त्रणको काम समेत अहिले उल्टै प हिरोको च पेटामा परेको बताउनुहुन्छ ।
“केही बर्षप हिले हिउद महिनामा एक महिना श्रमदान गरेर प हिरोको छेउमा बाँसको बेरा लगाइ भकारी समेत भरेका थियौं । तर त्यसले अहिले कुनै काम दिएको छैन । वर्षा सुरुसँगै बग्ने प हिरोले भकारी नाघेर झरिसकेको छ” उहाँले भन्नुभयो ।
“प हिरो वस्ति नजिकै आई सकेको छ” उहाँले थप्नुभयो, “ठूलो पानी पर्ने बित्तिकै सबै जना भाग्न ठिक्क भएर बस्छौं । प हिरो दिउसोे आए त भाग्न भ्याईएला, राती आए कसरी भाग्नु । सबैको एउटै चिहान हुन बेर छैन ?”
स्थानीय बासिन्दाका अनुसार प हिरो रोकथामका लागि वडाले थोरै बजेट प्रयेक साल छुट्याउदै आएको छ । तर त्यो बजेट पर्याप्त नभएकाले काम बालुवा पानी हालेसरह हुदै आएको छ । सानोतिनो बजेटले अब कुनै हालतमा प हिरो नियन्त्रण हुने अवस्था नरहेको प हिरो पीडित बताउछन् ।
स्थानीय बासिन्दा एवं २०६४ को संविधानसभा निर्बाचनमा नेपाली काँग्रेसबाट उमेदवार बिनोद गुरुङ बिगत बर्षमा पनि भू–संरक्षण कार्यालयमार्फत प हिरो नियन्त्रणका लागि भएको काम प्रभावकारी नभएको बताउनुहुन्छ ।
“यो बर्ष पनि प हिरो रोकथामका लागि वडा र नगरलाई जानकारी गराएका छौं, कतै सुनुवाई भएको छैन,” उहाँले भन्नुभयो, “नगरपालिकाले सहयोग गर्ने आश्वासन पाएका छौं । गत बर्ष पनि यस्तै आश्वासन पाएका थियौ, तर केही सहयोग पाएनौं ।” धेरै ठाँउमा प हिरो नियन्त्रणका लागि हार–गुहार गर्दा समेत कतैबाट सुनुवाइ नभएको नेता गुरुङको भनाई थियो । कमलाखुँज क्षेत्रको जुनसुकै ठाँउबाट उत्तरतिर फर्किएर हेदा पनि उक्त प हिरो देखिने उहाँले सुनाउनुभयो ।
यता वडा अध्यक्ष चन्द्रकिसोर थारु प हिरो नि यन्त्रण गर्न बजेट अभावमा यो बर्ष केही काम नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो बर्षको योजना छनौट गर्न वडा भेला गर्न बाँकी नै छ, सकेको सहयोग गछौं ।” प हिरो नियन्त्रणका लागि सामान्य तारजालीको काम हुदै आएपनि खासै ठूलो काम हुन नसकेको दुधौली नगरपालिकाले जनाएको छ ।