शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यो वर्ष सिन्धुलीमा मधुगंगा मेला नहुने

शनिवार , श्रावण ३, २०७७

सिन्धुली,३ साउन– सिन्धुलीको दुधौली नगरपालिका २ हत्पते लंगुरखोलास्थित प्रशिद्ध १०८ मधुगंगा महादेव मन्दिरमा साउन महिनामा लाग्ने बाबाधाम मेला नगर्न जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आग्रह गरेको छ ।

श्रावण महिनामा जिल्लाका विभिन्न स्थानमा नेपालीहरुको धार्मिक आस्थाको धरोहरको रुपमा रहेका मधुगंगा मन्दिर, सुनकोशी गाउँपालिका वडा नं १ मा रहेको कुशेश्वर महादेवको मन्दिर लगायत अन्य मन्दिरहरुमा ठूलो मात्रामा भक्तजनहरुको उपस्थिति हुने र यसबाट सं क्रमण बढ्न सक्ने संभावना भएकोले यस पटक महादेव मन्दिरहरुरुमा मेला पर्वहरु नगर्न, नगराउन शुक्रवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे द्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । संक्रमणको उच्च जोखिम रहेको कारण अपनाउनु परेको यस व्यवस्थाबाट समस्त भक्तजनहरुमा पर्न जाने असुविधाकालागि क्षमा मागेको छ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल मधुगंगा महादेव मन्दिरमा पहेंलो रङको वस्त्र लगाएर साउन महिनाको सोमबार लाग्ने मेला भर्नका लागि खाली खुट्टा हिंडेर आउने श्रद्धालु भक्तजनको थामिनसक्नु भिड लाग्ने गरेको छ । वर्षेनि साउनको महिनामा लाखौँ भक्तजन पुजा गर्न यहाँ आउनेगरेका थिए ।

मन्दिरमा प्रत्येक वर्ष साउन महिनाभरि मेला लाग्ने गरेको र उक्त मेला भर्न छिमेकी जिल्ला सर्लाही, महोत्तरी, सिरहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतका सीतामाढी, मधुबनीलगायत सहरबाट बोलबम भक्तजनको ओइरो लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

प्रतिक्रिया