सिन्धुली,२ साउन – निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले क्वा रेन्टाइनमा प्रयोग भएका विद्यालयहरुलाई अर्को स्थानमा स्थानान्तरण गरि नि र्मलीकरणको व्यवस्था गर्न माग गरेका छन् ।
प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्के र एन प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्यूको सयुक्त हस्ताक्षरीतमा यहाँको कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीलाई ध्या नाकर्षण गराउदै निजी विद्यालयले को भिड १९ को समयमा गरेका शैक्षिक गतिविधि सबै ब न्द भएको जानकारी गराएका छन् ।
नगरपालिका भित्र सञ्चालित निजी विद्यालयका सबै गतिविधि ब न्द रहने व्यहोरा जानकारी गराउदै दुबै संगठनको तर्फबाट ८ बुदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । कोरोना भा इरसका कारण त हशन हश भएका विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरि पाठ्यपूस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने बातावरण यथासिघ्र निर्माण गरियोस्, प्याब्सन सिन्धुलीका अध्यक्ष राजेश मास्केले ध्यानाकर्षण सुनाउदै भन्नु भयो, “यो समयको घरजग्गा बहालकर व्यवसायीक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गरियोस् ।”
निजी विद्यालयहरुले शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावलीअनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धताका आधारमा १ महिनाको मासिक पढाइ शुल्क छुट गरि अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरिनुपर्ने माग गरेका छन् । एक शैक्षिक सत्रका लागि १ सय ८० देखि १ सय ९२ दिन पठनपाठन गर्नुपर्ने भएकाले सोही अनुसार २०७७ का लागि सार्वजानिक विदाहरु जाडो विदा लगायतका अन्य विदा कटौती गरि नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने निजी विद्यालयको माग छ ।