सिन्धुली,२ साउन – यहाँको सुनकोसी गाँउपालिका र नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको साझेदारीमा सुनकोसी गाँउपालिका वडा नं. ६ का विभिन्न स्थानमा खानेपानी आयोजना सञ्चालन भएका छन् । वडा नं. ६ का अमारे, लगायतका स्थानमा खानेपानी निर्माण गरिएको हो ।
खानेपानी आयोजना सञ्चालनमा आएसँगै तुरतुरे खानेपानी आयोजनावाट अमारेका ३९ धारा निर्माण गरिएको छ । यस क्षेत्रका बासिन्दालाई सुरक्षित पिउने पानीको उक्त धारा बनेपछि व्यवस्थित भएको स्थानियले जनाएका छन् ।
स्थानियको अनुसार धारा निर्माण भएसँगै सयौलाई खानेपानीको प्रत्यक्ष लाभ मिलेको छ । यस्तै निगौली ओडारे खानेपानी आयोजनाबाट २० घर लाभन्वित भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ ।