शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा आफ्नै उत्पादन विक्री गर्न तछाड मछाड

शुक्रवार , श्रावण २, २०७७

सिन्धुली,२ साउन – उत्पादन गर्ने कृषक, खुद्रा व्यापारी र उपभोक्ताले सिन्धुलीमाढीमा बिहानको समय मज्जासग उपयोग गर्दछन् । गाउँबाट आफैंले उत्पादन गरेर ल्याएका हरियो तरकारी, फलफुल लगाएतका वस्तुहरु कृषकहरुसग खरिद गर्न उपभोक्ता र खुद्रा व्यापारीहरुको हानाथाप नै चल्छ । कमलामाइ नगरपालिका ६ को नगरपालिका कार्यालय छेउ भेटेनरी चोकमा यो दैनिक देखिने दृश्य हो ।

ल कडाउनका कारण साप्ताहिक लाग्ने शनिबारे हाटबजार वन्द भएपछि भेटेनेरी चोकमा बिहानको तीनचार घण्टा दैनिक बजार लाग्ने गरेको छ । साप्ताहिक लाग्ने हाटबजारकामा दैनिक उपभोग्य वस्तु विक्री गर्न नपाएर खरिएर बसेका कृषक, खुद्रा व्यापारी र खरिद गर्न नपाएर निराशिएका उपभाक्ताहरुले दैनिक लाग्ने बजारले तिर्सना मेटेको भद्रकाली चियाबारीका सुजन मगरले सुनाउनु भयो । नगरपालिकाकै गाउगाउबाट झारेको स्कुस,फर्सिका मुन्टा, निगुरो, गोलभेंडा,करेला, भ्यान्टा,जल्को,बोडी, केरा, तोरीको साग, लगाएतले यतिखेर बजार पाएको छ । ताजा तरकारी नपाएर हैरान भएको बेलामा गाउ“बाट आएको हरिजो सागसव्जीले मनै लोभ्याएको उपभोक्ता मगरको प्रतिक्रिया छ ।

सदा एकादुइ खुद्रे व्यापारी मात्र रहने भेटेनरी चोकको भरिभराउ भएको सडकले उपभोक्ताहरुलाइ थप आकर्षण गर्दछ । भेटेनरी चोक सिडिओ क्वार्टरको मुनी र जिल्ला प्रहरी कार्यालयको नजिक दुरीमा पर्छ । तर सावधानी अपनाउनका लागि सचेतना गराउन नगर प्रहरी, प्रहरीहरु कसैको उपस्थिती हुदैन । लकडाउन अघि एउटा मुठा सागको समेत कर बुझाउनु पर्ने कृषक तथा खुद्रा व्यापारीले सडकलाइ नै पसल बनाइ विक्रीका लागि तछाड,मछाड गर्नुको रहस्य करबाट जोगिनु पनि हो । यतिखेर हाटेकर वन्द छ ।

प्रतिक्रिया