सिन्धुली ,१ असार –सामाजिक सुरक्षामा परेका वृद्धवृद्धालाइ यहाको गोलन्जोर गाउपालिकाले दौरा, सुरुवाल र सारी चोलोले सम्मान गरेको छ । सरकारको सामाजिक सुरक्षामा परेका ७ वटै वडाका ९ सय ४५ जना वृद्धवृद्धालाइ गाउपालिकाले गुन्यूचोली र दौरासुरुवालको कपडा दिएर सम्मान गरेको हो । सम्मानित हुनेमा चारसय ४२ जना वृद्ध र पाचसय तीनजना वृद्धा रहेका छन् ।
डा“डामाथीको घामलाइ कपडा दिएर गाउपालिकाले ठुलो गुन लगाएको वडा नं ६बाशेश्वरका ८२ वर्षीय मानध्वज श्रेष्ठले सुनाउनु भयो । उहाँले भन्नु भयो, “अहिले आएर भने सिंहदरवार गाउमा आएको जस्तो भएको छ, पोहोरसाल ओढ्ने दिए, यसपाली पहिरन पाइयो ।”
सोही वडाकी ८१ वर्षीया वृद्धा सन्तमाया सार्कीको अनुहारमा गुन्यूचोली पाएपछि चमक आएको थियो । सरकारले वृद्धवृद्धालाइ हेर्न थालेको उहाँले बताउनु भयो । बल्ल हाम्रा लागि काम गरेको जस्तो भएको छ, उहाँले भन्नु भयो, “ खानाको लागि भत्ता आउ“छ, नाना दिन शुरु गरेका छन् , यस्तो लुगाफाटो बाचुन्जेल पाइरहे, अरु के नै चाहियो र ?”
[caption id="attachment_97777" align="alignnone" width="960"]
सिन्धुृलीको गोलन्न्जोर गाउपालिका ६ वाशेश्वर वलेनीमा गुन्यूचोली लिएर फर्कदै वृद्धाहरु । वृद्धलाइ दौरा सुरुवाल बितरण गरिएको छ ।[/caption]
गाउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीका अनुसार वडावडामा पुगेर सबै वृद्धवृद्धालाइ सम्मान गरिएको हो । गत वर्ष सबै वृद्धवृद्धाहरुलाइ दोसल्ला ओढाइएको थियो । गाउपालिकाले वृद्धवृद्धाको हेरचाहमा वर्षेनी कार्यक्रम ल्याउने अध्यक्ष कार्कीको भनाइ छ । संघिय सरकारबाट प्राप्त सामाजिक सुरक्षा भत्ताले मात्र वृद्धवृद्धाको जीवन यापनमा सहजता नभएकोले स्थानीय सरकारले सालिन्दा संरक्षणको कार्यक्रम ल्याउने उहाँले बताउनु भयो । पाकाहरुको आर्शिवादबाट नै यूवाहरुले समृद्धिको लागि आफ्नो पाखुरी चलाउन प्रेरणा मिल्ने भएकाले संरक्षणमा स्थानीय सरकार सदैव कृयाशिल रहने अध्यक्ष कार्कीले प्रतिवद्धता जाहेर गर्नु भयो ।
घरबाट हेलामा परेका वृद्धवृद्धालाइ आवास गृह सहितको सुविधा उपलव्ध हुनेगरि आगामी योजना बनाइरहेको गाउपालिकाका प्रवक्ता दौलत कार्कीले बताउनु भयो । सामाजिक सुरक्षा नपाएका वृद्धवृद्धालाइ समेत उमेर र शारिरिक अवस्था हेरी सहज जीवन निर्वाहका लागि गाउपालिकाले आगामी वर्षको योजनामा समेटेको उहाँको दावी छ । वृद्धवृद्धाको चाउरी परेको अनुहारमा खुसीयाली ल्याउन गाउ“सरकारले गरेको प्रयास सार्थक हुदै गएको सामाजिक शाखाका प्रमुख तीर्थ भण्डारीले बताउनु भयो । उहाँले भन्नु भयो, “हेलामा परेका पाकाहरुलाइ संरक्षण गर्नु पनि विकास नै हो । आखिर सबै काम मानवले मानवकै लागि गर्ने त हो ।”