शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बीपी राजमार्गको सेरोफेरो

बिहिवार , श्रावण १, २०७७

सिन्धुली,१ साउन – कमलामाइ नगरपालिका वडा नं ४ को हिरापानीमा प्रहरी चे कपोष्ट छ । ढुंग्रेवासबाट बीपी राजमार्ग भएर जाने र चियाबारीहुदै सदरमुकाम सिन्धुलीमाढी आउने सवारी साधन त्यो चे कपोष्टमा रहेका प्रहरीहरुको चे किङ्गमा पर्छन् । ट्राफिक प्रहरीले पनि बाक्लै साथ दिइरहेको दृश्य देखिन्छ । यात्रुबाहक होस या मालबाहक चे किङ्ग अनिवार्य छ । तर त्यो चे किङ्गमा कै फियत हुने गरेको दृश्य तपाइ जो कोहीले पनि केहिबेर नियाल्नु भयो भने पाउनुहुन्छ । कोरोना भाइरस सं क्रमण नहोस भनेर यातायातका साधनमा लगाइएको प्र तिबन्ध र जनजनबीच कायम गर्नुपर्ने भौतीक दुरीको वेवास्ता गर्दै सवारी साधन उपलव्ध भएका चालक, सह–चालक वा सवारीधनी र प्रहरीले त्यहा हात मिलाउछन । त्यो हात मिलाउन अर्थपूर्ण छ । कोरोना भा इरस वा अन्य कुनै स रुवा रो गको त्यहा कुनै पर्वाह गरिन्न । हात मिलाउदा नै रकमको कारोबार भइ फलिफाप हुने भएपछि रोगको के कुरा ?

सवारीसाधन लिएर ओहोर दोहोर गर्नेहरुबाट हात मिलाउदा त्यहा दुइसयदेखि दुइहजारसम्म प्रहरीले असुल्ने गरेको स्थानीयले बताएका छन् । वालुवा बोकेको ट्याक्टर होस या अन्य सामान लिएर हिंडेको ट्रक अथवा यात्रु लिएर गएको सवारी साधन सबैसग असुलेको प्रत्यक्ष देख्ने गरेको स्थानीयहरु दावी गर्छन् । एक स्थानीयका अनुसार दुइहजार भन्दा बढि रकम असुल्नुपर्ने भएमा जिल्लामा डिल गर्नका लागि प्रहरीहरुले पठाउने गरेका छन् ।

त्यहि चेकपोष्टमा सवारी पासको दु रुपयोग बढेको भनेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले पनि चे किङ्ग गरेर अ नाधिकृत सवारी चलाउनेबाट ३४ हजार राजश्व असुलेको छ । तर प्रहरीले भने उक्त चे कप्वाइन्टबाट ज रिवाना राजश्व कति उठ्यो भनेर आजसम्म सार्वजनिक गरेको छैन् । यसैबाट ‘मनमा मिले मेला, नमिले झमेला’ जस्तो भएको ती स्थानीयको बुझाइ छ ।

यसै मेसोमा भिमानमा भने प्रहरीले बीपी राजमार्गमा पास नलिइ सवारी साधन लिइ हिंड्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही चलाउन थालेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पास नलिइ गाडी चलाउने व्यक्तिलाई नि यन्त्रणमा लिएर मु द्दा चलाउन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले पास नभइकन गाडी चलाउने ना ७ ख ३२३९ नम्बरको बसका चालक सुर्दशन थापालाई मु द्दा चलाइएको जानकारी दिनु भयो ।पास नभइकन गाडी चलाएको र फर्किन आग्रह गर्दा पनि नमानेकाले मु द्दा चलाइएको उहाले जानकारी दिनुभयो । डिएसपी खत्रीले भन्नुभयो “पटक पटक फर्किन अनुरोध गर्दा नमानेको र ती चालकले प्रहरीलाई आर्थिक प्र लोभन देखाएका थिए । त्यसपछि उनलाई प क्राउ गरेर मु द्दा चलाइएको हो ।”

जिल्ला प्रहरी कार्यालयले आर्थिक प्र लोभनमा नपर्ने प्रहरी हवल्दार लालबहादुर राय र प्रहरी जवान राजकुमार श्रेष्ठलाई नगदसहित पुरस्कृत गरेको छ । बसमा यात्रा गरेका यात्रुलाई सम्बन्धित ठाउँमै फिर्ता पठाइएको छ ।

मु द्दा चलाएका चालक काठमाडौं महानगरपालिका १६ का ४७ वर्षीय सुदर्शन थापा रहेका छन् । उनँलाई सिन्धुलीको भिमान प्रहरी चेकप्वाइन्टबाट नि यन्त्रणमा लिइएको थियो । उनी सवारी पास विना १४ जना यात्रुसहित काठमाडौंतर्फ आउँदै जान लागेका थिए । जिल्ला प्रहरी कार्यालयले लकडाउनकै क्रममा पास नभएको गाडी आर्थिक प्र लोभनमा परेर सञ्चालन गर्न दिने एक प्रहरी जवानलाई विभागीय का रबाही पनि गरेको छ ।

प्रबक्ता खत्रीले राम्रो काम गर्ने प्रहरी कर्मचारीको मनोवन उच्च पार्ने प्रयास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “पास नभइ गाडी चलाउनेलाई सं क्रमण ऐन अन्तरगत का रबाहीको माग गरेर मु द्दा चलाउन थालिएको छ । आर्थिक प्र लोभनमा पर्ने प्रहरीलाई का रबाही र नपर्नेलाई नगदसहित पुरस्कृत गर्ने कामले प्रहरीको मनोवल उच्च भएको छ ।”

जिप्रकाले अहिलेसम्म ४ जना प्रहरीलाई पुरस्कृत गरेको छ । पहिले सम्झाएर छाड्ने गरिए पनि अब भने अनुमति नभएका सवारी साधनका चालकलाई नि यन्त्रणमा लिएर ज रिवाना तिराउन थालिएको छ । आर्थिक प्र लोभनमा पार्ने प्रयास गर्नेलाई भने मुद्दा नै चलाउन थालिएको छ । ल कडाउनको समयमा नियम नमान्ने सवारी र चालकलाई नि यन्त्रणमा लिएर आवश्क परेमा अब मु द्दा नै चलाउने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया