शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अब के को साहुनी ?, फोटो फिचर

बिहिवार , श्रावण १, २०७७

सिन्धुली,१ साउन– सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गहुदै २३ किलोमीटर उत्तर गएपछि डाडामा बजार भेटिन्छ । संघिय राजधानी काठमाडौंतर्फबाट आउ“दा खुर्कोटबाट १६ किलोमीटर उकालो चढेपछि भेटिने गोलन्जोर गाउपालिकाको खनियाखर्क बजार हो । एकसय सातदिन अघिसम्म यो बजार २४ घण्टा नै खुल्ला रहन्थ्यो । अझ गर्मी मौसममा यात्रा गर्नेहरुले खनियाखर्क बजारमा सवारी साधन रोकेकै हुन्थे । सिन्धुलीगढी आसपासको बजार भएकाले १२ महिना नै जाडो हुनु यहाको विषेशता नै हो । यतिखेर यहि बजार सुनसान छ ।

कोरोना कहरले मुलुक लकडाउनमा गएस“गै खनिया“खर्क बजार उराठिएको छ । एकादुइ चल्ने सवारी साधन पनि रोकिदैनन् । सटरवाला पसलहरु वन्दप्राय छन् । फलफुल तथा किराना पसल फाट्टफुट्ट खुलेपनि ग्राहक छैनन् । महाभारत क्षेत्रमा उत्पादित जुनार, सुन्तला, नास्पाती, अम्वा,किवी,आरुबखरा, लगाएतका फलफुल तथा हरियो तरकारीले बजार ढाकेको हुन्थ्यो । अहिले विक्री नहुने भएपछि खनिया“खर्कमा बजारमा ति कुनै पनि सामान पाइदैनन् ।

खनिया“खर्क नेपालकै महंगो बजार दरिएको थियो । तैपनि ग्राहकले चिसो मौसमका कारण मन भुलाउन पाइने भएकाले त्यसको पर्वाह गर्दैनथे । बजार बन्द भएको सा“ढे तीन महिना पुग्न लागेको पसल रु“गेर बस्नु भएको कमला थापाले सुनाउनु भयो । पसल खोलेर बस्यो, अलिअलि चलेका गाडिहरु पनि रोकिने होइनन्, विक्री शुन्य छ, उहाँले भन्नु भयो, “यो रोग कहिले जाला र पसल चल्ला भनेर कुरेर बसिराखेका छौं ।” बजार सुनसान बनेको एकसय सातदिन नाघेको उहाँले सुनाउनु भयो । पहिला सानो पसहहुदा पनि विक्री राम्रो भएकाले साहुनी भइएको थियो, अहिले व्यापार शुन्य छ, उहाँले भन्नु भयो्,“अव साहुनी रहिएन्, पेशा परिवर्तन गर्ने सोचमा छु ।”

स्थानीय गोविन्द लुङ्गेली सानासाना पसल गर्नेहरु धेरै विस्ताफित भएको बताउ“नु हुन्छ । बजार कहिले खुल्ने पत्तो नभएर उनीहरु ज्यान पाल्नका लागि वैकल्पिक पेशा अगाल्न बाध्य भएको उहाँको भनाइ छ । सार्वजनिक सवारी साधन नखुलेसम्म खनिया“खर्क बजार चल्दैन्, गाउपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले भन्नु भये, “निजी सवारी साधनमा हिंड्नेहरुलाइ कोरोना भ इरस सं क्रमणको डर भएकाले रोक्दैनन् । अनि बजार कसरी चल्नु ।”

प्रतिक्रिया