शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अटो व्यवसायिलाई बैंकको किस्ता तीर्न सकस

बुधवार , आषाढ ३१, २०७७

सिन्धुली,३१ असार– विदेशमा गरेको दुःख सम्झेर गोलन्जोर गाँउपालिका–६ बाशेश्वर निवासी बिबेक रत्नले चार लाख ५० हजार रुपैया लगानी गरी गत फागुन २८ गते अटो(टेम्फु) किन्नु भयो । स्वदेशमै मिहेनत गरी पैसा कमाउने सपना कोरोना भा ईरका कारण घोषणा गरिएको लकडाउनले पुरा हुन दिएन । अहिले उहाँलाई बैंकको किस्ता तिर्न सकस भई रहेको छ ।

उहाँले भन्नुभयो, “अटो किनेपछि २० हजार रुपैया पनि कमाएको छैन । लकडाउनका कारण दुई महिना त अटो नचलाई घरमा नै थन्क्याएर राखे । बिचमा लुकीछिपी चलाई । मासिक १५ हजार रुपैयाका दरले पाँच महिनाको किस्ता असार महिनाभित्र बैंकलाई बुझाउनु पर्ने छ । लकडाउनका कारण अटोबाट कमाई भएन, अब कता उक्त रकम खोज्नु ।“

मलेसिया, साउदी र दुबईमा गरी सात बर्ष बिताउनु भएका अटो व्यवसायी रत्नले आफ्नै जिल्लामा अटो किनेर व्यवसाय सुरु गरेको सुनाउनुभयो । त्यसो त उहाँले गत फागुन २८ गते आफुसंग भएको नगद तीन लाख रुपैया तिरेर साथिले अटो किन्न बैंकबाट लिएको ऋण एक लाख ५० हजार रुपैयासमेत व्यहोरेरे उक्त अटो किन्नु भएको थियो । अहिले त्यही बैंकको ऋणको किस्ता तीन लकडाउनका कारण सकस भएको उहाँको दुःखेसो छ ।

उहाँले भन्नुभयो, “विदेशबाट फर्केर आएपछि जग्गा किने, बिहे गरे । अझै ऋण तीर्न बाँकी छ ।” चल्दा अटोबाट दिनमा दुई हजार रुपैयासम्म कमाई हुने उहाँको भनाई छ ।

त्यस्तै कमलामाई नगरपालिका–११ रानीचुरी निवासी मेघबहादुर ठकुरीले पनि १० महिनाअघि अटो किनेर व्यवसाय सुरु गर्नुभयो । बिदेशबाट गाँउमै आएर बैंकबाट ऋण लिएर अटो किनेको र अहिले किस्ता तीन सकस भएको उहाँको पनि दुःखेसो छ ।

मासिक १५ हजार रुपैया बैंकलाई किस्ता बुझाउनु पर्ने र लकडाउनका कारण ७० हजार रुपैया डुबेको उहाँले बताउनुभयो । “मलेसिया तीन बर्ष बसे, पछिल्ला पटक साउदीमा २७ महिना बसे । साउदीमा कम्ती हण्डर खाईन ? साउदीको दुःख सम्झैर स्वदेशमा केही गर्न खोजेको, तर लकडाउनले खाई दियो,” उहाँले थप्नुभयो ।

बैंकको दुई लाख रुपैया ऋण तीर्न बाँकी रहेको र अहिले किस्ताका लागि बैंकले फोन गरेर निकै हैरान दिएको उहाँको भनाई छ । अटो व्यवसायि ठकुरीले आफ्नो पनि तीन महिनाको बैंकको ऋणको किस्ता बुझाउन बाँकी रहेको जानकारी दिनुभयो ।

लकडाउनका कारण सिन्धुली जिल्लामा अटो व्यवसायी यतिखेर संकटमा परेका छन् । तीन महिनासम्म अटो चलाउन नपाएका अटो व्यवसायी अटो चले पनि यात्रु नपाएपछि चिन्तामा परेका हुन् । अटो व्यवसाय नचलेपछि पाँच सयभन्दा बढी व्यक्तिको रोजीरोटी सङ्कटमा परेको व्यवसायिको भनाई छ । “तीन महिना पूर्णरूपमा अटो बजारमा आउन सकेनन्, आजभोलि चलाउन खोजेका छन् तर यात्रु छैनन् । अटो चालकको पेशा संकटमा परेको छ”, अर्का अटो व्यवसायि अमृत भुजेलले भन्नुभयो ।

कोरोना भा इरस सं क्रमणले मुलुक नै अस्तव्यस्त भएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले सबैभन्दा बढी असर सामाजिक र आर्थिक क्षेत्रमा परेको छ । “असार महिनादेखि लकडाउन केही खुकुलो भएपछि अटो बजारमा ल्याउन थाले,” अटो व्यवसायि रत्नले भन्नुभयो “ऋणमा अटो किने, तर चलाउनै पाइन । बैंकले ब्याज र किस्ता तिर्न ताकेता गरेको छ । मलाई त अटो किनेर तनाव भयो, अब ऋण कसरी तिर्नु ?”

िसन्धुली जिल्लामा अटो किनेर व्यवसाय सुरु गरेकालाई यतिखेर ऋण कसरी तिर्ने, परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको छ । कोरोना भा इरस सं क्रमण फैलिएपछि रोकथामका लागि भएको लकडाउनको असरले दैनिकी भने चल्न मुस्किल भएको उनीहरु बताउन थालेका छन् । अटो चालक भुजेल पनि यात्रु नपाएर दिक्क हुनुहुन्छ । उहाँले पनि अटो राम्रो नचलेपछि पेशाबाट विस्थापित हुने अवस्था आउने चिन्ता बढेको बताउनुभयो ।

अटो चालकलाई कोरोनाको डरले निर्वाध रिक्सा चलाउन पनि कठिन भएको छ । अटो चालक गुजारा गर्नै गाह्रो भएको गुनासो गर्न थालेका छन् । “शुरुमा त कोरोना सं क्रमण होला भन्ने डर थियो, अब त भोकै मरिन्छ भनी डर हराएको छ”, उनीहरुको एकै स्वर पाईन्छ । कोरोना भा इरस सं क्रमणको असर सबैतिर परेकाले अटो चालकलाई केही समय ऋणको किस्ता नमाग्न, ब्याज मिनाहा गर्न उनीहरुको माग पाईन्छ ।

प्रतिक्रिया