शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बिना पास गुडेका सवारीलाई सिन्धुलीमा कारवाही

मंगलवार , आषाढ ३०, २०७७

सिन्धुली,३० असार – लकडाउनको समयमा सरकारको निर्देशन विपरित चलेका सवारीलाई सिन्धुलीमा का रवाही गर्न थालिएको छ । सरकारी निर्देशन अवज्ञा गर्दै विपी राजमार्गबाट काठमाडौँ लगायत देशका विभिन्न स्थानमा आवतजावत गरेका सवारीलाई का रवाही गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक कार्यालय लगायतको सहभागितामा विपी राजमार्गस्थित कमलामाई नगरपालिका ४ हिरापानीमा चेकजाँच गरि कारवाही गरिएको छ । बिना पास विपी राजमार्ग हुदै गन्तव्यतिर जादै गरेका दर्जनौं सवारी साधनलाई सिन्धुलीबाट सम्बन्धित जिल्लामा फिर्ता पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिना पास गुडेका सवारी तथा मिति नाघेको पास बोकेका सवारीलाई कारवाही गरि सम्बन्धित जिल्लामै फिर्ता पठाइएको हो । तराईबाट सिन्धुलीहुँदै काठमाडौँ प्रवेस गर्न खोज्ने सवारीलाई कमलामाई नगरपाकिला ४ हिरापानी चेकपोस्टमा कडा जाँच गरि फिर्ता पठाइएको प्रशासनले जनाएको छ । सवारी जाँच गर्दा मिति नाघेका पास बोकेको, तोकिएभन्दा बढी यात्रु बोकेका र विना पास आएको पाएपछि का रवाही गरिएको हो ।

जिल्ला प्रसासन कार्यालय सिन्धुलीका प्रसासकीय अधिकृत भिम बस्नेतका अनुसार, मंगलबार बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म र बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म दुई सिफ्टमा चेकजाँच गरि कारवाही गरिएको हो । “सवारी जाँचमा ३५ वटा सवारी साधन का रवाहीमा परेका छन्”, प्रशासकिय अधिकृत बस्नेतले भन्नु भयो ।

सवारी का रवाहीबाट ३४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले जनाएको छ । विश्वभर फैलिएको कोरोना भा इरसका कारण गत चैत ११ गतेदेखि मुलुक ल कडाउन भएसँगै जिल्ला प्रशासन कार्यालय तथा गृहमन्त्रालयको पास बिना जथाभावि सवारी चल्न नपाउने गरि सरकारले निर्णय गरेको थियो ।

प्रतिक्रिया