सिन्धुली,२९ असार – कमलामाई नगरपालिका वडा नम्बर ७ बुद्धनगरमा बुद्धको मूर्ति अनावरण गरिएको छ । सोमवार नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बौद्ध परम्पराअनुसार पुजाआजासँगैे मूर्ति अ नावरण गर्नुभएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा स्थापना गरिएको मूर्ति अनावरणपछि प्रमुख खत्रीले यस स्थानमा बुद्धको मूर्ति स्थापनाले सिन्धुलीमा शा न्तिको सन्देश छर्न सहयोग पुगेको बताउनुभयो । हिमाल, पहाड र तराइका जिल्लासँगै राजधानी जाने सवारीको मुख्य सडक बीपी राजमार्ग भएको र बीपी राजमार्गको छेउमा मापदण्डअनुसार बुद्धको मू र्ति स्थापना गरिएको उहाँले बताउनुभयो ।

तामाङ समुदायको बाहुल्यता रहेको बुद्धनगरमा वृ द्धवृ द्धा मैत्री पूर्वाधार विकास गर्दै वरिपरि तारजाली लगाएर सु रक्षित गर्ने गरी कार्य अघि बढाउने नगर प्रमुख खत्रीले बताउनु भयो । नगरप्रमुख खत्रिले भन्नुभयो, “बुद्ध शान्तिका प्रतिक हुनुहुन्छ । हामीले बुद्धको देश भनेरमात्र गौरवान्वित हुनुहुदैँन । बुद्ध नेपालमा जन्मिएको भन्दैमा हामी स्व्तः ज्ञानि हुदैँनौँ । त्यसैले हामी बुद्धप्रति गौरवान्वित हुदैँ ज्ञानी हुन पनि सक्नुपर्छ ।” जिल्ला सदरमुकामको बीच बजारमा रहेको बुद्धनगर चोकलाई आधुनिकिकरण तथा व्यवस्थापन अभियानसमेत शुरु गरिएको उहाँको भनाई छ ।

खत्रीले मूर्तिको स्थापनाले शान्तिको सन्देश छर्न सहयोग पुगेको बताउदै मूर्ति स्थापनामा सहयोग पुर्याउने वडा तथा उपभोक्ता समिति लगायतलाई धन्यवाद दिनुभयो ।

बुद्ध मूर्ति स्थापना गर्न कमलामाई नगरपालिको रु १५ लाख र उपभोक्ताको श्रमदान रु तीन लाख ७५ हजारको लागतमो मूर्ति स्थापना गरिएको उपप्रमुख मन्जु देवकोटाले जानकारी दिनुभयो । देवकोटाले भन्नुभयो,“बुद्ध शान्तिका प्रतीक हुन् । यस्ता महान् व्यक्तित्व गौतमबुद्धको नाम, काम र उनको मार्गदर्शनले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएको वि कृति वि संगति, द मन, अ त्याचारको अ न्त्य होस् । भ्र ष्टचार, अ शान्ति, चो री, हत्या हिं सा, ग रीबिबाट देशले मु क्ति पाओस् ।”

मूर्ति अनावरण कार्यक्रम वडानम्बर ७ का अध्यक्ष कर्णबहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको थियो । बौद्ध धर्मको मान्यतानुसार लामाहरुबाट आवश्यक विधि प्रक्रिया पूरा गरिएको घिसिङले जानकारी दिनु भयो ।

घिसिङले भन्नुभयो, “ सिद्धार्थ सबै सम्पत्तीले युक्त थिए, उनको दरबार सारा सुःखले भरिभराउ थियो, तैपनि उनले सम्पत्ती र सुःख भन्दा बढी योग्य कुरा पत्ता लगाउने बाटो हिँडे । दरबारको सम्पत्ती त आउँछ जान्छ, तर सही ज्ञान र चेतना आफै आउँदैन, त्यसलाई त खोज्नुपर्छ भन्ने उनको धारणा थियो । त्यसैले हामीले पनि योग्य र अयोग्यमा फरक छुट्याउन सक्नुपर्छ ।”उक्त मूर्ति नेपाली सेनामा कार्यरत माधव पौडेलले बनाउनुभएको हो ।