शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

लगातारको बर्षा : सिन्धुलीका सबै ग्रामिण सडक अ वरुद्ध

आइतवार , आषाढ २८, २०७७

पहिरो झरेको विपी राजमार्गस्थित सिन्धुलीको खनियाखर्कबाट तिनकन्या जाने सडक

सिन्धुली, २८ असार– चार दिन देखि परेको अ विरल ब र्षाका कारण सिन्धुलीका अ धिकांश ग्रामिण सडक ब न्द  भएका छन् । दैनिक गाडी आवातजावत गर्ने सडक समेत ब न्द भएपछि यात्रुहरु अ लपत्र परेका छन् । बर्षाका कारण ग्रामिण सडकहरु अ धिकांस क्ष तवि क्षत भएपछि अवातजावत ठप्प भएको हो । मरिण क्षेत्रबाट सदरमुकाम सम्म आउने बाटो समेत हि लाम्मे भएको छ । वीपी राजमार्गसँग जोडेर विकट गाँउसम्म पुर्‍याएका अन्य ग्रामिण सडक सबै अ बरुद्ध छन् । चार दिनदेखि परेको मुस लधारे पानीले ठाँउठाँउमा पहिरो गएपछि अधिकांश ग्रामिण सडक अ वरुद्ध भएको स्थानिय बासिन्दा बताउछन् । सडक अ वरुद्ध भएपछि सदरमुकामबाट चल्ने अधिकांश साना ठुला सवारी चल्न सकेका छैन । दैनिक उपभोग्य सामान लिएर आवातजावत गर्ने गरेको सवारी ठाँउ ठाँउमा गएको प हिरोका कारण अ लपत्र अवस्थामा छन् । विश्वभर फैलिएको कोरोना भा इरसका कारण मुलुक लक डाउन भएसँगै सवारी चलेका थिएनन् । सा वधानी अपनाउदै साना सवारी सरकारले खुल्ला गरपनि लगातारको बर्षाले सवारी चल्न सकेका छैनन् । ग्रामिण सडकमा मोटसाइकल समेत जान नसक्ने भएको छ, स्थानिय रजन तामाङले भने सबैतिर अवरुद्ध भएको खबर छ । सडक अवरुद्ध भएपछि आवातजावत गर्नका लागि सर्वसाधारणहरुलाई निकै क ठिनाई भएको छ ।   लगातार बर्षा भएपछि ग्रामिण सडकमा पहिरो खस्ने, चिप्लो हुने तथा सडक बगाउने समस्याका कारण सकड अ वरुद्ध भएको हो । सिन्धुलीबाट वीपी राजमार्गलाई आ धार बनाएर झन्डै दुइदर्जन सडक निर्माण भएका छन् । यि सडकमा हाल सबै अवरुद्ध भएका छन् । यस्तै चतरा–सिन्धुली–हेटौडा –मदन भण्डारी राजमार्ग)सडकलाई आधार बनाएर पनि थुप्रै कच्चि सडक निर्माण भएका छन् । हिउँदयाममा प्राविधिक विनै ठुला ठुला पाखा स्काभेटर लगाएर भ त्काईएका सडकहरु बर्षासुरुँभएसँगै बन्द भएका हुन् । जिल्लाको कमलाखुँज महाभारत क्षेत्रका बासिन्दा बर्षासुरु भएसँगै यातायातको सुविधाबाट बञ्चित हुने गरेका छन् । कमलाखुँज क्षेत्रमा निस्कने खहरेले बाटो तहशनहश बनाएपछि यहाँका दुईदर्जनबढी गाविसमा सहज यातायातका सवारी पुग्दैन । खहरेले बाटो सबै खोलो बनाएको छ मोटरसाइकल पनि बोक्ने र ठेल्ने गर्नुपर्ने अवस्था रहेछ स्थानिय स्थानिय बदनाम धामीले भने–‘लगातारको बर्षाले ठाँउठाँउबाट निस्किएको खहरेले सबै बाटो बगाएको छ ।’ विपी राजमार्गमा माथिबाट बनाइएको कच्चि सडकको लेदोले दैनिक अवरुद्ध हुने र मेसिन लगाएर पन्छाउने गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए । हाम्रो लाइफलाइन भनेको विपी राजमार्गनै हो, यसलाई खुल्ला गर्न सके राम्रो हुन्छ, ग्रामिण सडक अधिकांश अवरुद्ध छन्, उनले भने, हालसम्म मध्यपहाडी राजमार्ग समेत अवरुद्ध भएको छैन, पहिरो झर्ने वित्तिकै सफा गरेर सवारी आवातजावत भएको छ । यस्तै ग्रामिण सडक हिलाम्मे समेत भएको छ । यहाँको तीनपाटन गाँउपालिका पुग्ने सडक हिलाम्मे भएर आवातजावतमा निकै समस्या भएको स्थानियले बताएका छन् ।  

प्रतिक्रिया