शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वर्षाले सिन्धुलीका ग्रामीण क्षेत्रका सडकको अवस्था क न्तबि जोग

आइतवार , आषाढ २८, २०७७

सिन्धुलीमाढी, २८ असार – सिन्धुली जिल्लामा चार दिनदेखिको लगाताको बर्षाका कारण ग्रामीण क्षेत्रका सडकहरु बि ग्रीएर द यनिय अ वस्थामा पुगेका छन् ।

केही दिनअघिको अबिरल बर्षाका कारण जिल्लाका अधिकांस सडक गाडी नै चल्न न सक्ने गरि बि ग्रिएर भ ताभुङ भएको स्थानिय बासिन्दाको गु नासो छ । सडक बि ग्रिएर यातायातका साधन न चल्दा स्थानिय बासिन्दाले निकै सा स्ती व्यहोर्नु परेको छ ।

बर्षाका कारण ठाँउठाँउमा आएको प हिरोका कारण पिपलभञ्ज्याङ–रामपुर सडक, खनियाखर्क–तिनकन्या सडक, सोलाभञ्ज्याङ–नागी सडक, सिन्धुलीमाढी–चकमके–बाहुनतिल्पुङ सडक, सिन्धुलीमाढी–बेल्टार लगायतका ग्रामीण सडक भ त्किएको स्थानीयले बताएका छन् ।

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्ण थापामगरले बर्षाका कारण सिन्धुलीमाढी–चकमके–बाहुनतिल्पुङ सडक नै बि ग्रीएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठाँउ ठाँउमा आएको प हिरोका कारण सिन्धुलीमाढी–चकमके–बाहुनतिल्पुङ सडक नै अ बरुद्ध छ । झन भि त्री सडकको त कुरै नगरौ, भ त्किएर भ ताभुङग छ, क न्तबिजोग नै छ ।” पानी परि रहेकाले मौसममा सुधार आएपछि गाँउपालिकाले पहिरो सफा गरी सडक सुचारु गर्ने उहाँले बताउनुभयो ।

त्यस्तै घ्याङलेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलनले पनि बर्षाले बीपी राजमार्गको पिपलभञ्ज्याङ–रामपुर सडक अ बरुद्ध अवस्थामा रहेको जानकारी दिनुभयो । “चौकीटारदेखि रामपुरसम्मको सडक झन बढी बि ग्रीएको छ, रजबासको उकालो पनि उस्तै गरी बि ग्रिएको छ,” उहाँले भन्नुभयो, “बर्षाले सडक बि ग्रिएर गाडी न चल्दा निकै स मस्या खेप्नु परेको छ । ठाँउ ठाँउमा प हिरो झ रेर र रुख ल डेर स डक अबरुद्ध भएको छ ।” गाँउपालिकासँग जेसिबी रहेको र पानीको बाटो हेरेर एक/दुई दिनमै सडक खुलाईने उहाँले पनि बताउनुभयो ।

कमलामाई नगरपालिका–३ का वडाअध्यक्ष खड्गप्रसाद चौलागाई पनि लगातारको बर्षाले बीपी राजमार्गदेखि सोलाभञ्ज्याङ–नागी सडक गाडी नै चल्न न सक्ने गरी बि ग्रिएको बताउनुहुन्छ । अहिले उक्त सडक कालोपत्रे गर्न ठेक्का लागेर काम भई रहेको भएपनि बर्षाका कारण हिलाम्य हुदा मानिसलाई पैदल हिड्न समेत निकै सा स्ती भएको उहाँको भनाई छ ।

बर्षाका कारण बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग समेत ठाँउठाँउमा अबरुद्ध भएको छ । प हिरो झरेर सडकमा आई थु प्रिदा यातायात स ञ्चालनमा समेत स मस्या आएको र पहिरो प न्छाई एकतर्फी रुपमा यातायात खुलाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सुनकोसी गाँउपालिका–७ मझुवा निवासी रामबहादुर पाख्रिन सोलाभन्ज्याङ–मझुवा नागी सडकमा बर्षासँगै यातायातका साधन ब न्द भएको गु नासो गर्नुहुन्छ । ‘सडकका ठाँउ–ठाँउमा पहिरो बसेको छ, कतै ठूल्ठूला खाल्टा बनेका छन्,’ उहाँले भन्नुभयो, ‘ठूला गाडी चल्नु त परै जाओस, मोटर साईकल समेत चल्न नसक्ने गरि बि ग्रिएको छ ।’

यातायात ब न्द हुनाले ग्रामीण क्षेत्रको जनजीवन क ठिन भएको स्थानीय बासिन्दा बताउछन् । उनीहरुका अनुसार त्यस क्षेत्रमा दैनिक उपभोग्य बस्तु ढु वानीमा समेत क ठिन भएको छ । ग्रामीण क्षेत्रका सडकमा यातायात सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएको तरकारी, फलफुल लगायतका कृषि उपज बेचबिखन गर्न स मस्या भएको छ । यी सडकमा यातायात सेवा राम्रोसँग सुचारु गर्न हिउद महिना नै पर्खिनु पर्ने स्थानीय बासिन्दाको भनाई पाईन्छ ।

प्रतिक्रिया