शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फेरी थपिए सिन्धुलीमा कोरोना सं क्रमित व्यक्ति

आइतवार , आषाढ २८, २०७७

सिन्धुली,२८ असार – सिन्धुली जिल्लामा थप एक जनामा कोरोना सं क्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला हेटौंडामा गरिएको स्वाब परिक्षणमा दुधौली नगरपालिका–३ झुगा निवासी २२ बर्षिय एक पुरुषमा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार दुधौली नगरपालिकाका ३१ जनाको स्वाब संकलन गरी पठाएकोमा एक जनाको रिपोर्ट भने पो जिटिभ र बाँकीको निगेटिभ आएको हो । कोरोना सं क्रमित ती व्यक्ति गत असार १५ गते भारतको हैदराबादबाट आफ्नो गाँउमा आई हत्पते क्वोन्टाईनमा बस्दै आएका थिए ।

सं क्रमित ती व्यक्तिलाई शनिबार राती ११ बजे सिन्धुली अस्पताल ल्याई आईसोलेसन कक्षमा भर्ना गरी उपचार सुरु गरिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ ।

यो सहित सिन्धुली जिल्लामा कोभिड–१९ सं क्रमित व्यक्तिको संख्या १० पुगेको कार्यालय प्रमुख साहले जानकारी दिनुभयो । उहाँका अनुसार यो सहित सिन्धुली अस्पतालमा उपचार गरिरहेका कोरोना सं क्रमित व्यक्ति तीन जना रहेका छन् । कमलामाइ नगरपालिका–८ निवासी ३३ वर्षका पुरुष र दुधौली नगरपालिका–८ का एक युवा उपचार गरि रहेका छन् । सं क्रमित मध्ये सिन्धुली अस्पतालको आईसोलेसनमा उपचार गराएका सात जना उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन ।

प्रतिक्रिया