शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा चलाएनन् यातायात व्यवसायिले गाडी

शनिवार , आषाढ २७, २०७७

सिन्धुली,२७ असार – सिन्धुली जिल्लामा जोरबिजोर प्रणाली अनुसार नीजि तथा सार्बजनिक यातायातका साधन सञ्चालनका लागि खुल्ला गरिए पनि शनिबार कुनै पनि त्यस्ता गाडी सडकमा नगुडेको पाईएको छ ।

विभिन्न माग राखेरे केन्द्रमा यातायात महासंघले बिज्ञप्ती जारी गरी गाडी नचलाउने भनेकोले सिन्धुलीमा पनि त्यस्ता गाडी नचलाएको यातायात व्यवसायीले बताएका छन् । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारि गर्दै ५० प्रतिशत भन्दाबढी भाडा लिन नपाउने गरी जिल्लाभित्र जोरबिजोर प्रणाली अनुसार नीजि तथा सार्वजनिक यातायात सञ्चालनका लागि खुल्ला गरेको थियो ।

सुनौलो बीपी यातायात प्रालि सिन्धुलीका अध्यक्ष कान्छामान् बलले सरकारले भनेको शर्त स्वीकार्न नसकिने भन्दै केन्द्रमा यातायात व्यवसायि महासंघले बिज्ञप्ती जारी गरेकोले जिल्लामा पनि यातायात व्यवसायिले गाडी नचलाएको बताउनुभयो ।

“तीन महिनाभन्दा बढी समयदेखि थन्किएर बसेको गाडी बनाउन मात्रै एक लाख रुपियाभन्दा बढी खर्च हुन्छ,” उहाँले भन्नुभयो, “गाडी टन्च बनाएपछि मात्रै सडकमा निकाल्नु प र्‍यो । गाडी नचलेको बीचको समयको बिमाको किस्ता तिर्नै पर्‍यो । अनि सामाजिक दुरी कायम गरी कसरी यातायातका सञ्चालन गर्न सकिन्छ ?” बसपार्कमा थन्किएर बसेको अवधिलाई शुन्य समय मानेर गाडी चलाउन पाउनु पर्ने यातायात व्यवसायिहरुको माग रहेको उहाँको भनाई छ ।

यता जोर बारका दिन जोर नम्बरको र बिजोर बारका दिन बिजोर नम्बरका नीजि तथा सार्वजनिक यातायात सञ्चालनका लागि खुल्ला गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक एबं प्रबक्ता श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार ट्याक्सीको हकमा चालकबाहेक दुई जना (एकै परिवारको भए पाँच वर्ष मुनीको बालबालिका पनि) र अन्य सवारीमा सीट क्षमताको ५० प्रतिशत यात्रु बोक्नेगरी चलाउन अनुमति दिइएको छ । यसरी सार्वजनिक तथा निजी यातायात सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जारी सूचनामा उल्लेख छ ।

भाडा दर देखिने ठाउँमा सवारी साधनभित्र टाँस्नुपर्ने समेत जनाइएको छ । सवारी सञ्चालनमा ल्याउँदा सबै यात्रुले अनिवार्य माक्सको प्रयोग गर्नु पर्ने, यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र भित्र अनिवार्य रुपमा स्यानिटाइजरको ब्यवस्था गर्नु पर्ने, चालक सहचालकले समेत अनिवार्य माक्स सेनिटाइजर र पञ्जा लगाउनुपर्ने, सवारी साधनलाई दैनिक निसंङ्क्रमित गर्नु पर्नेलगायत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया