शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा को रोना सं क्रमित नौ पुग्यो

शनिवार , आषाढ २७, २०७७

सिन्धुली,२७ असार– सिन्धुली जिल्लामा को भिड–१९ सं क्रमित व्यक्तिको संख्या नौ पुगेको छ ।

विहिबार ६५ जनाको स्वा ब संकलन गरी परिक्षणका लागि प्रादेशिक प्रयोगशाला हेटौंडामा पठाएकोमा एक जनाको रिपोर्ट पो जेटिभ आएपछि कोभिड–१९ सं क्रमित व्यक्तिको संख्या नौ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सं क्रमित व्यक्ति कमलामाइ नगरपालिका–८ निवासी ३३ वर्षका पुरुष भएको कार्यालय प्रमुख जितेन्द्रकुमार शाहले बताउनुभयो । उहाँ चार दिनअघि साउदीबाट आएर कमलामाइ–६ को क्वा रेन्टाइनमा बस्दै आउनु भएको थियो । उहाँलाई उ पचारका लागि सिन्धुली अस्पतालमा शुक्रबार भर्ना गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सं क्रमित मध्ये सिन्धुली अस्पतालको आ ईसोलेसनमा उ पचार गराएका सात जना उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन । अस्पतालको आ इसोलेसनमा दुधौली नगरपालिका–८का एक युवा उ पचाररत छन ।

प्रतिक्रिया