शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको सुनकोशीमा बाढी, खुर्कोटका स्थानीयमा त्रा स

शनिवार , आषाढ २७, २०७७

सिन्धुलीको गोलन्जोर गाउ“पालिका ७ को खुर्कोट वसपार्क बजार । सुनकोसीमा बाढी बढ्दै जा“दा यो बजार खतरामा परेको छ ।

सिन्धुली,२७ असार – सुनकोशी नदीमा बाढी बढ्दै गएपछि सिन्धुलीको गोलन्जोर गाउपालिका ७ खुर्कोट वसपार्कका स्थानीयहरु त्र सित बनेका छन् । सुुनकोसी नदी किनारमा रहेको वसपार्क बजारका स्थानीयहरु लगातारको पानीले बाढी बढ्दै गएपछि सुरक्षित स्थानको खोजीमा जनप्रतिनिधिलाइ गुहार्न थालेका छन् । यसअघि सिन्धुपाल्चोकको जुरे पहिरोले सुनकोसी नदी थुन्दा एकैपटक फुटेमा पुरै वसपार्क बजार बगाउने भन्दै खाली गरिएको थियो । यतिखेर पनि उत्तरतिर बाढी बढेर क्ष ती गरेको खबरले आफुहरु त्र सित भएको वसपार्क बजारमा पसल गर्दै आएकी मुना श्रेष्ठले बताउनुभयो । सुनकोशी नदी नजिकै भएकाले जुनसुकैबेला बजारमा पस्ने संभावना रहेको उहाँको भनाइ छ । बजार भन्दा सुनकोशी नदी बढिमा तीनचार मीटरमात्र तल रहेको श्रेष्ठले जानकारी दिनुभयो । सुनकोशी वारपार ढाकेर छेउमै आएकाले बजार क्षेत्रका करिब दुइसय परिवार त्रासदीमा रहेको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कत्रो बाढी आउ“दा बढि खतरा हुन्छ भन्ने थाहा छैन्, बाढी त वर्षेनी आउ“छ । तर उत्तरतिर क्षती गरेपछि ठुलो आएको भन्ने बुझ्ने गरिएको छ ।” वर्षायाममा सुनकोशी नदीमा सालिन्दा बाढि आउने गरेपनि सिन्धुपाल्चोकमा क्षती गरेपछि खुर्कोट वसपार्कमा व्यापार व्यवसाय गर्नेहरु डराउने गरेको गोलन्जोरका प्राविधिक गुणराज चौलागाइले सुनाउनुभयो । उहाँले भन्नुभयो, “बाढी पूर्व सूचना प्रणालीलाइ यस्तो बेलामा सकृय तुल्याउनु पर्छ ।” खुर्कोट वसपार्कका स्थानीयहरुले त्रासमा रहेर खबर गरेको गोलन्जोर गाउ“पालिका अध्यक्ष पुष्पबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी किनारका सबैलाइ सचेत रहन खबर गरिएको छ, बाढी बढ्दै गएमा पूर्व उद्धार गर्न हामी तयार छौं, इलाका प्रहरी कार्यालयको भवन समेत वसपार्क क्षेत्रमै भएकाले २४ घण्टै सचेत हुनेमा हामी ढुक्क छौं ।” सुनकोशीमा बाढी आउ“दा सुनकोशी गाउपालिकाको नेपालथोक, झागाझोली रातमाटा, चैनपुर, खाल्टे, मुलकोट, र गोलन्जोर गाउपालिकाको ग्वाल्टार, बितिजोर, डुडभन्ज्याङ, फिक्कल गाउपालिकाको खाङसाङ, लगाएतका क्षेत्रमा कटान गर्ने र नदी किनारमा बसोवास गर्नेहरुलाइ खतरा हुने गरेको छ । सुनकोशीमा बाढी आएर पानीको वहाब बढेपछि सबैतिर सचेत गराइएको सुनकोशी गाउपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले जनाउनुभयो । कोशी किनारमा अस्थायी वसोबास गरेकालाइ छाड्न उर्दी गरेका छौं, उहाँले थप्नुभयो । ।  

प्रतिक्रिया