शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका स्थानीय तह किसानलाई कृषि उपकरण बाड्दै

शनिवार , आषाढ २७, २०७७

सिन्धुलीको घ्याङलेख गाउँपालिकाले बितरण गरेको हातेट्याक्टर बुझ्दै किसानहरु ।

सिन्धुली,२७ असार– सिन्धुलीको स्थानीय तहले गाँउघरमा नै रोजगारीको अबसर गराउने उद्देश्यले किसानलाई आधुनिक कृषि औजार बितरण गर्न थालेका छन् । पछिल्लो समयमा गाँउघरमा कृषि श्रमिकको अ भाव भई खेती लगाउन क ठिन हुदै गएपछि किसानलाई हाते ट्याक्टर, स्प्रेयर, सिल्पोलिन प्लाष्टिक (टनेलका लागि), राईस मिल, पानी तान्ने मोटर जस्ता कृषि औजार बितरण गरेको स्थानीय तहले जनाएको छ । मरिण गाँउपालिकाले २० जना किसानलाई आधुनीक कृषि उपकरण बितरण गरेको छ । स्व रोजगारका लागि चार जनालाई राईस मिल, एक जनालाई कोदो पिस्ने मिल र पन्ध्रजनालाई पानी तान्ने मोटर बितरण गरेको गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो उहाँले भन्नुभयो, “मरिणखोला नजिक भएर पनि सिंचाइ सुविधा नभएर बाजो रहेको जमिनमा खेती गर्नका लागि प्रोत्साहित गर्न पानी तान्ने मोटर बिरतण गरिएको हो । गाँउघरमा कृषि श्रमिक अभाव हुदै गएको, मरिणखोला पानी तानेर सिंचित गरि खेती गर्ने र उव्जनी भएको अन्नबालीलाइ आधुनिक मिलमा कुटनपिसन गर्न किसानलाइ प्रोत्साहित गरिएको छ ।” उहाँका अनुसार किसानको माग अनुसार बितरण गरिएको ती या न्त्रिकरण खरिदको लागि गाँउपालिकाले पाच लाख रुपैंया खर्चिएको छ । त्यस्तै कमलमाई नगरपालिकाले तीन लाख रुपिया खर्चेर १० जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर (मिनि ट्रेलर) बितरण गरेको छ । पछिल्लो समयमा किसानहरु आधुनिक कृषि औजारप्रति आकर्षित हुदै गएपछि मिनी ट्रेलर बितरण गरिएको नगरपालिका कृषि शाखाले जनाएको छ । कृषि शाखाका प्राविधिक देबीप्रसाद सापकोटाका अनुसार कमलामाई नगरपालिका वडा नं. १, ४, ५, १०, ११ र १२ का एक/एक जना तथा वडा नं. २ र ७ का दुई/दुई जना गरी १० जना किसानलाई मिनी ट्रेलर बितरण गरेको छ । एउटा मिनी ट्रेलरको बजार मूल्य ५८ हजार पाँच सय रुपिया रहेको छ । त्यो मूल्यको ५० प्रतिशत अनुदान अर्थात १९ हजार २५० रुपैया किसानको लगानीपछि मिनी ट्रेलर बितरण गरिएको उहाँले बताउनुभयो । उता घ्याङलेख गाउँपालिकाले व्यवसायिक कृषिको प्रवद्र्धन गर्ने उद्देश्यसहित ७५ प्रतिशत अनुदानमा किसानलाई कृषि औ जार तथा सामग्री वितरण गरेको छ । घ्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुरका अनुसार ७५ प्रशितशत अनुदानमा २१ जनालाई स्प्रेयर, तरकारी खेतीका लागि २५ जनालाई सिल्पोलिन प्लाष्टिक (टनेलका लागि) र पाँच जनालाई हाते ट्रयाक्टर प्रदान गरिएको छ । वडा कार्यालयको सिफारिसमा छनौट भई आएका किसानलाई ती कृषि औजार तथा सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६/०७७ को कृषि तर्फको स्वीकृत बार्षिक कार्यक्रम अनुसार ती सामग्री वितरण गरिएको उहाँको भनाई छ । गाँउपालिका अध्यक्ष भोलनले भन्नुभयो, ‘पछिल्लो समयमा सुगमदेखि दु र्गम क्षेत्रसम्मका किसानको आधुनिक कृषि उ पकरणप्रती आकर्षण बेढेपछि ती आधुनिक कृषि औ जार बितरण गरिएका छौं ।’

प्रतिक्रिया