शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा जताततै प हिरोको जो खिम

शनिवार , आषाढ २७, २०७७

जोखिम:  सिन्धुलीको घ्याङलेख गाँउपालिकास्थित बस्तिपुरमा पहिरोको कारण बनेको जोखिमयुक्त पहाड ।

सिन्धुली २७ असार– आकाशमा कालो बादल मडारिनासाथ आधीसाराका सबै स्थानीयको होस गुम हुने गरेको छ । गोलान्जोर गाउपालिका–७ आधीसारामा पहिरोका कारण झण्डै एक दर्जन घर पहिरोको जोखिममा रहेको स्थानीय बासिन्दा बताउछन् । वडा अध्यक्ष सुवास देवकोटा आधीसारामा ०७२ सालको भूकम्पपछि गएको पहिरोका कारण पाँच घरलाई अन्यत्र सारेको र अझै एक दर्जनजति घर पहिरोकै जोखिममा रहेको बताउनुहुन्छ । “पहिलो त्यस्तो त्रासको अवस्था थिएन । बस्तिमाथि रहेको जङगल उनीहरुले नै मासे । भुकम्प आयो, जमिन हल्लिएपछि पहिरो जना सुरु गर्‍यो,” उहाँले भन्नुभयो । भएकाहरु मुसलधरे पानी पर्नासाथ रातभर जाग्राम बस्नु पर्ने स्थानीय पाण्डब श्रेष्ठको भनाई छ । “पहिरो एकातिरबाट झारेको छ, अर्कोतर्फ भूकम्पले पुरै धाँजा फाटेको छ,” उहाँले भन्नुभयो, “अन्तजाने ठाउ नभएपछि रामनाम जपेर बस्नुको विकल्प नै के छ र ? ‘भएको थातथलोलाइ एकै पटक छोडेर हिड्ने अबस्था छैन ।” सरकारले जोखिम भएका स्थानमा विषेशज्ञ खटाएर स्थानीयलाइ हट्न अथवा ढुक्क भएर बस्ने वाताबरण बनाइ दिनुपर्ने उहाँको तर्क छ । मरिणगाँउपालिका स्थित कात्तिके खलंगामा झण्डै एक किलोमीटर क्षेत्रमा भूकम्पले धाँजा फाटेको छ । डाँडामा धाजा फाटेकाले पुरै बस्ती नै बग्ने हो की भन्नेमा स्थानीय चिन्तित छन् । स्थानीय मानबहादुर सिंजालीको घरको बीच भागबाट धाँजा फाटेको छ । घरको बीचबाट नै जमीन चिरिएकाले रातमा निन्द्रा पर्न छोडेको उहाँले गुनासो पोख्नुभयो । मरिण गाँउपालिकाका प्रमुख पानीराज बम्जन पनि बर्षादको मौसमसँगै पहिरोको जोखिम बढेको बताउनुहुनछ । उहाँले भन्नुभयो, ‘संभाव्यता अध्ययन नै नगरी जथाभावि खनिएका ट्रयाक सडक र वैज्ञानिक वनका नाममा भएको वन बिनासले पहिरोको जोखिम बढाएको छ ।’ उहाँका अनुसार वडा नं. ३, ४ र ५ मा वैज्ञानिक वनका नाममा जथाभावी भएको फडानीले अझ बढी भू–क्षय निम्त्याएको छ । वैज्ञानिक वनको सिद्धान्त अनुसार ८० बर्ष पुरा भएको रुख वन क्षेत्रबाट हटाउने भन्छ । ‘तर यहाँ त वन कार्यालय, स्थानीय सामुदायिक वन समितिका केही व्यक्ति र काठ व्यवसायिको मिलेमतोमा जथाभावी नै वन विनास भएको छ,’ उहाँले भन्नुभयो, “मैले त्यो बिषयमा संघिय वन मन्त्री र डिभिजन वन कार्यालयको प्रमुखसँग पनि कुरा गरे, तर सुनुवाई भएको छैन । जस्का कारण बर्षादको मौसममा पहिरोको त्रासदी बढेको छ ।” महाभारत उत्तरतर्फका दर्जन भन्दाबढि ठाँउहरु (साविकका गाविस) पहिरोको जोखिममा छन् । मझुवा, पुरानो झाँगाझोली, नेत्रकाली, वस्तीपुर, तामाजोर, कुशेश्वरदुम्जा, हरिहरपुरगढी, बाशेश्वर, भुवनेश्वरी, बितिजोर, डुडभन्ज्याङ, खाङसाङ, रत्नावती, पोखरी, कपिलाकोट लगायतका ठाँउ पहिरोको उच्च जोखिममा रहेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ । समन्वय समितिका प्रमुख शंकरराज बर्मा तिवारी पनि सिन्धुली जिल्ला पहाडी भूभाग भढी भएको जिल्ला भएकोले हरेक बर्ष बर्षादको मौसममा पहिरोको त्रास हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जेसिभि र स्काभेटर मार्फत ज्यादै ट्रयाक सडक खनिएकाले पनि पहिरोको जोखिम बढेको हो । घ्याङलेख गयो पहिरोले नै सडक अबरुद्ध छ । फिक्कल गयो पहिरोले नै सडक अबरुद्ध छ । जताततै समस्या छ ।” बाताबरण क्षेत्रमा काम गर्दै आउनु भएका सिन्धुलीका पत्रकार कृष्णहरि घिमिरेका अनुसार केही बर्ष पहिले संसदीय अनुगमन समितिले समेत जिल्लाको दर्जन बढि स्थानहरु जोखिममा रहेको प्रतिवेदन बुझाएको थियो । तर ती स्थानमा चेकजाच गरेर बस्ती सार्ने काम हुन सकेको छैन् । विशेषज्ञ टोली झिकाएर पहिरोको जोखिममा परेकाहरुलाइ बेलैमा सार्न नसके ठुलो क्षती बेहोर्नु पर्ने हुन सक्ने उहाँले बताउनुभयो । कमलामाई नगरपालिकाको पनि ढुंग्रेभन्ज्याङ र केवरेको पहिरोको कारण सदरमुकाम सिन्धुलीमाढी समेत खतरामा रहेको छ । २०४१ र २०५० सालमा आएको बाढी पसेको स्थानमा समेत बस्ति रहेकाले खतरा भएको हो । ‘ठुलो पानी पर्नासाथ डराउनु पर्ने अवस्था छ’, ढुंग्रेबास बजार निवासी सन्तोष दाहालले भन्नुभयो, ‘ती पहिरो पुन खसेर ठुलो बाढी आउन सक्छ, खोला किनारमा रहेका बस्तीलाइ बेलैमा सार्नुपर्छ ।’

प्रतिक्रिया