शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमाढीमा पहिलो पटक मेशिनबाट रोपाई

शनिवार , आषाढ २०, २०७७

सिन्धुली,२० असार– न त बाउसे, न रोपार, हलगोरु नारिएका थिएनन्, हलि हुने कुरै भएन्, कमलामाइ नगरपालिका ४ को चुवाबोटेमा यस्तै दृश्य थियो ।

धानको बीउ काडेर ओसार्ने दुइजना बाहेका एकादुइ रोपाइ हेर्न आएका थिए । आ–आफ्नो खेतलाइ रोपाइको लागि तयार गरेर खेताला वा पर्ममा बोलाइ धानको बीउ रोप्ने चलनले सदरमुकाम सिन्धुलीमाढीको चुवाबोटे क्षेत्रबाट बिट मार्दै थियो ।

मेशिनबाट रोप्नका लागि धानको बीउ राख्ने तरिका नै अलग्गै हु“दो रहेछ, बीउ लिएर मेशिनतर्फ जा“दै गरेकी गीता कार्कीले भन्नुभयो, “धानको बीउ नै गलैंचा जस्तो चारकुना मिलेको छ, मेशिनमा राखिदियो, रोपार नै नचाहिने ।” मिति तोकेर रोपाइको दिन तय गरिन्थ्यो, उहाँले अघिल्ला वर्षहरुको सम्झना गर्नुभयो ।

ताला अथवा पर्म लगाएर रोपाई गर्ने दिन किसानलाइ पर्व नै हुने भएकाले मैजारो नहुन्जेल सुर्ता लागि रहने अर्का किसान देवीप्रसाद फुया“लले बताउनुभयो । उहाँका अनुसार मेशिनले १० कठ्ठा खेतमा १५ मिनेटमा नै धान रोपेको उनको अनुभव रह्यो । धेरै हिलो बनाउन नहुने रहेछ । उहाँले भन्नुभयो, “गर्‍हा बनाएर एकदुइदिन छोडेपछि मेशिनबाट रोप्दा सबैभन्दा राम्रो हुन्छ । धेरै हिलोमा धानको बीउ लरबर हुने रहेछ ।” सयौंको संख्यामा रहेका खेतका ग¥हाहरुलाइ समथर बनाएर ठुलठुला बनाइ ट्याक्टरबाट तयार गरिएको थियो ।

सदरमुकाम सिन्धुलीमाढीमा पहिलो पटक मेशिनबाट धान रोपिएको छ । सिन्धुली एग्रो प्रालिले लिजमा लिएको १२ विगाह खेतमा मेशिनबाट धान रोपिएको हो । एग्रोका संचालक उदिप गजुरेलका अनुसार चुवाबोटेमा जग्गालाइ चक्लावन्दी गरि मेशिनबाट धान रोपिएको हो । कृषि अनुसन्धान परिषद नार्कको सहभागितामा मेशिनबाट धान रोपिएको र यो वर्ष परीक्षण समेत भएको उहाँले बताउनुभयो । दुधौली नगरपालिकाको हत्पतेमा गरिएको चक्लावन्दी खेतीमा समेत मेशिनबाटै धान रोपिएको वडाध्यक्ष रितेश राउतले जानकारी दिनुभयो । कृषि ज्ञानकेन्द्रका अनुसार ५० प्रतिशत खेतमा धान रोपाइ भइसकेको र समथर जमिनमा ट्याक्टरको प्रयोग गरिएको छ ।

सिन्धुली जिल्लामा कुल खेती योग्य जमिन ६२ हजार ७१२ हेक्टर रहेको छ । त्यो मध्ये बर्षेनी १५ हजार हेक्टर भन्दा बढी जमिनमा बर्षे धानको खेती हुँदै आएको सूचना अधिकारी तथा बागबानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । केन्द्रका अनुसार जिल्लामा ०७१/०७२ मा ४१ हजार ९७१ मेट्रिक्टन, ०७२/०७३ मा ४३ हजार ८७ मेट्रिक्टन, ०७३/०७४ मा ४६ हजार ९६५ मेट्रिक्टन, ०७४/०७५ मा ५१ हजार पा“चसय मेट्रिक्टन र ०७५/०७६ मा ५१ हजार ६१० मेट्रिक्टन धान उत्पादन भएको थियो । जिल्लामा पोख्रेली, साबीत्री, खुमलटार, रामधान, मंसुली लगायतका जातको धान खेती हुँदै आएको छ ।

प्रतिक्रिया