सिन्धुली,१८ असार – निजामती प्रशासनको मूल कानून संघिय निजामती सेवा ऐन को बिधेयक गत असार १५ गते राज्य ब्यवस्था तथा सुशासन समितिले पारित भएको घोषणा गरेपछि पन्चायति शैलिमा कर्मचारी प्रतिकुल कानुन बन्न लागेको भन्दै देशभर कर्मचारी आ न्दोलित भएका छन् ।
यसैक्रममा सिन्धुलीमा पनि निजामती कर्मचारी आन्दोलन हाँक्न आधिकारीक ट्रेड यूनियन सिन्धुलीका उपाध्यक्ष गोविन्द कोईरालाको संयोजकत्वमा ५१ सदस्यिय जिल्ला स्तरिय आ न्दोलन परिचालन समिति गठन भएको छ ।

प्रमुख जिल्ला अधिकारी माफर्त आज ११ बजे सभामुखलाई ज्ञापन पत्र बुझाउने कार्य क्रम रहेको आन्दोलन परिचालन समितिको संयोजक गोविन्द कोईरालाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो,“ हाम्रा मागहरू समेत समेटिएकाले आ न्दोलनलाई एक ढिक्का बनाएर अघि बढाऊने र नेतृत्वलाई खबरदारी गरेरै अघि बढ्ने साथै जिल्लाका सबै कर्मचारीहरूलाई आन्दोलनमा सहभागी आग्रह गर्छु ।”
वृत्ति विकास, ट्रेड युनियन अधिकार, सरुवा बढुवालगायतका प्रचलित कानुनी व्यवस्था बलपूर्वक परिवर्तन गर्न लागेपछि आन्दोलनमा उत्रनुपरेको कोइरालाले बताउनु भयो ।

विद्येयकले ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै आफूले यो प्र हारलाई मुलुकको व्यवस्थामाथि नै प्रहारको रुपमा बुझेको निजामती कर्मचारी नेता पुरुषोतम दाहालको भनाई छ । उहाँले लोकतान्त्रिक सरकारले यस्तो विद्येयक नल्याउने जिकिर गर्नु भयो । उहाँले आफूहरुले समायोजन ऐनपनि अ यायपूर्ण रुपमा ल्याईएको थियो भन्ने गुनासो पोख्नु भयो ।

कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहबीच ट्रेड युनियनको अन्तरसम्बन्ध कायम हुने व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् । यस्तै निजामती कर्मचारीको परिभाषामा संघीय कानुनबमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका राष्ट्रिय किताबखानाबाट संकेत नम्बर प्राप्त कर्मचारीलाई समेटिनुपर्ने माग उनीहरूको छ ।
निजामती सेवामा श्रेणीविहीनदेखि राप द्वितीय श्रेणीका कर्मचारीको ज्येष्ठता र कार्यक्षमताका आधारमा हुने बढुवालाई निजामती सेवा ऐन २०४९ बमोजिम कायम गर्ने र सबै श्रेणी र पदमा आन्तरिक प्रतियोगिताबाट प्रतिस्पर्धा गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने माग उनीहरूको छ ।