शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको फिक्कल गाउँपालिकाले थप एउटा ए म्बुलेन्स थप्यो

बुधवार , आषाढ १७, २०७७

सिन्धुली,१७ असार – सिन्धुलीको पुर्वी वि कट फिक्कल गाउँपालिकाले थप एउटा ए म्बुलेन्स खरिद गरेर सेवा संचालन गरेको छ । बागमती प्रदेश सरकारले पठाएको बजेटले एम्बुलेन्स खरिद गरी गाउँपालिकाले संचालन गरेको हो । योसँगै फिक्कल गाउपालिमा दुई ओटा एम्बुलेन्स भएको छ ।

बागमती प्रदेश सरकारले आर्थिक २०७६/०७७ को बजेटमा ए म्बुलेन्स खरिद गर्नका लागि १६ लाख बजेट पठाएकाले सोही बजेटले एम्बुलेन्स खरिद गरिएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।“प्रदेश सरकारले पठाएको बजेटले ए म्बुलेन्स खरिद गरिएको हो । यस अघि गाउँपालिकाले आफ्नै बजेटमा एउटा ए म्बुलेन्स खरिद गरेर संचालन गरेको थियो । त्यो एउटाले पालिकाको सबै क्षेत्रका वि रामीलाई सेवा दिन स मस्या भईरहेको थियो । प्रदेशले अर्को एउटा थप गर्न बजेट पठाईदियो’,उहाँले भन्नुभयो ।

उक्त ए म्बुलेन्स गाउँपालिकाको सोल्पाठाना स्वास्थ्य चौकी मातहत संचालन हुने उहाँले बताउनुभयो । प्रदेशले ए म्बुलेन्स मात्रै खरिद गर्न बजेट पठाएकाले ए म्बुलेन्स चालकको व्यवस्थापन भने गाउँपालिकाले गर्ने उहाँको भनाई छ ।

यस अघि गाउँपालिकाले संचालन गरेको ए म्बुलेन्समा गर्भवती, सुत्केरी, जेष्ठ नागरिक अ पांग व्यक्तिहरुलाई गाउँपालिका भित्रको स्वास्थ्य संस्था सम्म लैजान भाडा लिने गरेको छैन ।

यस्ता वि रामीलाई पालिका बाहिरको स्वास्थ्य संस्थामा लैजानु परे ५० प्रतिशत बाट गाउँपालिकाले छुट दिदै आएको छ । अहिलेको एम्बुलेन्समा पनि यो नियम लागु हुने उहाँले बताउनु भयो ।

प्रतिक्रिया