शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बम्जन खाेज्दा प्रहरीकाे अनुभव: सु रूङ खाेतलियाे, महिलाबाट सु राकि

मंगलवार , आषाढ १६, २०७७

 

काठमाडौं,१६ असार – जंगलभित्र १५ रोपनी क्षेत्रफलमा फैलिएको जमिन । कम्पाउन्डमा सु रक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ छन् । मध्यभागमा आलिसान बंगला । जीम हलदेखि स्वीमिङ पुलसम्म छन् ।

घरभित्र हरेक सामग्री विदेशी छन् । भान्सा, बेडरुम र बाथरुम जताछिरे पनि तारे होटल झैं । कतै बल्ने ढुंगा सजाइएका छन्, कतै आकर्षक पेन्टिङ छन् । यही बस्छन्, नेपाल प्रहरीका ‘मो स्ट वा न्टेड’ कथित लिटल बुद्ध भनिने रामबहादुर बम्जन ।

विशेष सू राकीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अ नुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे नेतृत्वको टोलीले ३ असारमा बम्जनको यही आश्रममा छा पा हा नेको थियो । अनुसन्धान अधिकृतहरुले प्राविधिक पक्षको विश्लेषणबाट बम्जन सिन्धुलीस्थित आश्रममा भएको आधार निकाल्दै बिहान ४ देखि २ बजेसम्म विशेष स र्च अपरेशन चलाए ।

तर कमलामाई नगरपालिका–९, पैरेको यो आश्रममा बम्जन भेटिएनन् र प्रहरीले रित्तो हात फर्किनु प र्यो ।

 

प्रविधिले अ भावको परिणाम

विशेष तयारीका साथ सिन्धुली गएको टोली बम्जनलाई ह त्कडी लगाउन कहाँ चुक्यो ? यो जान्नु पहिले प्रहरी के आधारमा काठमाडौंबाट छा पा हान्न सिन्धुली पुगेको थियो भन्ने बुझ्नुपर्छ ।

ब्युरो स्रोतका अनुसार बम्जन विवाहित व्यक्ति हुन् । र, उनको श्रीमती र बच्चा ललितपुरमा बस्दै आएका छन् । त्यहीँबाट सम्पर्क सूत्र केलाउँदै ब्युरोका अ नुसन्धान अधिकृत आश्रमका एक कर्मचारीसम्म पुगेको थियो, जो बम्जनका अनुयायी पनि हुन् ।

उनले बम्जनसँग नियमित सम्पर्क गरिरहेको भेटिएको थियो, त्यसैले उनलाई नि यन्त्रणमा लिएर प्रहरीले गो प्य रुपमा बम्जनको गतिविधिबारे नि गरानी गरिरहेको थियो ।

अ परेशनमा खटिएका वेला प्रहरी जब आश्रमभित्र छिर्‍यो, तिनै अनुयायीको नम्बरबाट फोन गरिएको थियो । तर उनीसँग सम्पर्क हुन सकेन । ‘पटकपटक सम्पर्क गर्दा उनलाई शं का हुनसक्थ्यो’, अ नुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसैले भित्र छिरेर घे राबन्दीपछि मात्र फोन गर्‍यौं । त्यतिवेला उनको फोन स्वीच अफ आयो ।’

उनको मोबाइल ‘स्वीच अफ’ भएपछि ब्युरोसहित प्रदेश नं. ३ प्रहरी कार्यालय, दं गा गण समेत सहभागी भएर चलाइएको अ परेशन सही लयमा अघि बढ्न सकेन । अ नुसन्धान अधिकृतहरुका अनुसार सीम कार्ड लोकेटर भएको भए बम्जन त्यही दिन समातिन सक्थे । तर प्रविधि अभावमा उनी भाग्न सफल भए ।

खेर गएको प्रहरीको अथक मेहनत

त्यसदिन प्रहरी, गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र ब्युरो प्रमुख सहकुल थापाको निर्देशनमा बन्दोबस्तका साथ बम्जनको खोजीमा हिँडेको थियो । एसपी पाण्डेले नेतृत्व गरेको टोलीमा ‘ट्याकर’ र ‘सर्च एण्ड रेक्यू’ कुकुर थियो ।

सशस्त्र प्रहरी बलबाट मगाइएको ‘ला इफ डि टेक्टिङ’ मेसिन पनि थियो । यो त्यही मेसिन हो, जसले २०७२ को भूकम्पका वेला भ ग्नाबशेषमा फसेका मानिसहरुको पहिचान गर्न मदत गरेको थियो । बम्जन पनि बङ्लामा कतै फल्स बटम बनाएर वा जमिनमुनी बस्ने ठाउँ बनाएको हुनसक्ने पूर्वअनुमानका साथ प्रहरीले यो उपकरण झिकाएको थियो । तर ८ घन्टा लामो अ परेशनमा पनि बम्जन भेटिएनन् ।

प्रहरी स्रोतका अनुसार महिलाको भेषमा लुकेको हुनसक्ने आशंकामा महिला ब्यारेकमा समेत छा पा मारिएको थियो । ‘महिला प्रहरी नै प्रयोग गरेर प्रत्येक व्यक्तिलाई जाँचेका थियौं’, अ नुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘बम्जनले महिला ब्यारेकमा धेरै कुकुर राखेका थिए, त्यसले असहज तभयो तर कुनै कसर बाँकी राखिएन ।’

प्रहरीको ट्या कर डगलाई बम्जनको लुगा सुघाँएर छाडेको थियो । तर कुकुर खोल्सामा पुगेर अ ड्कियो । विज्ञका अनुसार नदीमा पुगेपछि कुकुरलाई ट्याक समात्न गाह्रो हुन्छ । यद्यपि, पारि पुगेर पुनः लुगा सुँघाएर कुकुरलाई डुलाइएको थियो ।

जब बजम्नको घोडा सेन्ट्री पोष्टमा रोकियो‘

बम्जन आश्रमभित्र तीन जना विदेशी नागरिक पनि थिए, उनीहरुले त्यहाँ घर नै बनाएका थिए । उनीहरुका साथै आश्रममा रहेका महिला र अन्य व्यक्तिसँग कुरा गर्दा अधिकांशले उनी ‘पातालमा छन्’ भन्ने रेडिमेट जवाफ दिन्थे ।

‘पोहोर जेठमा देखेको हो । पातालमा गएको एक वर्ष भयो, अझै दुई वर्ष उहाँ आउनु हुन्न’ जस्ता कुरा गर्थे, उनीहरुको बयान उदृत गर्दै अ नुसन्धान अधिकृत भन्छन् ।

त्यसैले प्रहरीले जमिन मुनी सु रुङ बनाएर लुकेको आशंकामा खोजी गरेको थियो । तर ‘लाइफ डिटेक्टिङ’ मेसिनले राम्रोसँग काम नगर्दा खोजी हुन सकेन ।

‘लाइफ डिटेक्टिङ’ मेसिन

अ नुसन्धान अधिकृतका अनुसार बम्जनले दुई वटा गाडी र घोडा पनि चढ्छन् । छा पा हानिएको दिन एउटा घोडा दौडिँदै आएर सेन्ट्री छेउमा रोकिएको थियो । त्यसैले उनी सेन्ट्री आसपास बस्ने गरेको प्रहरीको आशंका थियो ।

अ परेशन सफल नभएपछि प्रहरी अधिकृतहरुले उनी आश्रम मास्तिर रहेको वस्ती वा बजारतिरै लुकेको हुनसक्ने आ शंका गरेका छन् ।

अ नुसन्धान अ सहजता

राज्य संयन्त्रकै आडमा धार्मिक आवरण लिएर उनले गै रकानूनी रुपमा वन क ब्जा गरेका छन् । स्थानीय नगरपालिकाले उनको आ श्रममा बाटो बनाइएको छ । विदेशी सहयोग लिएका छन् । प्रहरी स्रोतका अनुसार बमजन आफैं करातेका ब्याल्क बेल्ट हुन् भने सु रक्षाका लागि आफू जस्तै खेलाडी खटाएका छन् ।

बम्जनको बोधी श्रवण धर्म संघमा पूर्वराज्यमन्त्री मणि लामा आबद्ध छन् । उनीविरुद्ध अ नुसन्धान सुरु भएलगत्तै थापा लगायतले नेकपा अध्यक्ष प्रचण्डलाई एउटा ज्ञापन पत्र बुझाएका थिए, जसमा बम्जनको प्रसंग उठाएर सञ्चार माध्यमले सा म्प्रदायिक हिं सा भ ड्काउन खोजेको आरोप लगाइएको थियो ।

जबकी महिला अधिकारकर्मीको सहयोगमा ३० भदौमा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक ब लात्कार गरेको खुलासा गरेकी थिइन् ।

०७३ सालको घ टना भए पनि नाबालिकाको हकमा १८ वर्ष पूरा भएको एक वर्षसम्म अनुसन्धान गर्नसक्ने कानूनी व्यवस्था छ । यसैमा टेकेर प्रहरीले बम्जनमाथि अ नुसन्धान गर्न अदालतबाट अनुमति पाएको थियो । र, प क्राउ पूर्जी लिएर बम्जनको खोजी गरिरहेको छ ।

अ पराध गर्दै जिल्ला फेर्दै ?

बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बे पत्ता पारेको अ भियोग पनि छ । उनीहरु सबैलाई सिन्धुलीस्थित आश्रमबाट बे पत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा ब लात्कार भएको उजुरी छ । र, हालसम्म सिन्धुलीमा उनको कुनै अ पराध बाहिर आएको छैन । त्यसैले बम्जनले अ पराध गर्दै आश्रम फेर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले २०७६ पुसमा सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँमा रहेको तोड्के जंगलमा छापा हानेको थियो । जहाँ बे पत्तामध्ये सञ्चलालको ह त्या भएको हुनसक्ने आशंकामा छ । करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटिएपछि उत्खनन् गर्दा ९ वटा नुनको प्याकेट पनि भेटिएको थियो, जुन शव ग लाउन प्रयोग गरेको हुनसक्ने अनुमान थियो ।

श वको अ वशेष भेट्न नसकेपछि प्रहरीले ह त्या भएको हुनसक्ने आं शकालाई पुष्टि गर्न सकेन । त्यसपछि बम्जनमाथि अ नुसन्धान गर्न प्रहरीका लागि एउटै आधार बनेको ब लात्कारको आ रोप थियो । तर प्रहरीले बम्जनलाई न्या यिक हि रासतमा लिएर व्यक्ति बे पत्ताबारे पनि अ नुसन्धान गर्ने अवसर गुमाएको छ ।

सर्लाही प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार बम्जनमाथि लागेको ब लात्कार आ रोपको अ नुसन्धान प्रतिवेदन ११ असारमा जिल्ला सरकारी वकिलको कार्यालयमा पेश भइसकेको छ । अब बम्जन एकैपटक अदालतमा उपस्थित हुने र अन्य घ टनामा जस्तै पी डितलाई ‘होस्टाइल’ गराएर ब लात्कार अ भियोगबाट उ न्मुक्ति पाउन खोजेको त होइन भन्ने आ शंका छ ।अनलाइन खवरबाट साभार

प्रतिक्रिया