शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुली मरिणका किसानले टिन ठटाएरै लखेटे सलह किरा

मंगलवार , आषाढ १६, २०७७

मरिण,(सिन्धुली)१६ असार – सिन्धुलीको मरिण गाँउपालिकाको विभिन्न ठाँउमा चार दिन अघि देखापरेको सलह किरा फट्यांग्रालाई किसानले टिन ठटाएरै ल खेटेका छन् ।

उक्त गाँउपालिकाको वडा नं. १ को कुरिन पाखा, रातमाटा, वडा नं. २ को सिर्थौली, थकानडाँडा र रातमाटामा झुण्ड रुपमा देखा परेको सलह किरालाई किसानले टिन ठटाएर र धुवा बालेर ल खेटेको गाँउपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सलह किरा नि यन्त्रणको उपाए प्राविधिकसँग बुझ्दा टिन ठटाउने, धुवाको मुस्लो बनाउने र ठूलो आवाज आउने यान्त्रीकरण बजाउने पायौ । किसानलाई त्यही विधि प्रयोग गर्न लगाई सलह किरा लखेट्ना सफल भयौ ।”

मरिण गाँउपालिकामा सलह किराले क्षे ती पुर्‍याउन नभ्याएको र अब सलह किरा पनि नभएको उहाँले सुनाउनु भयो । “टिन ठटाउदा ८० प्रतिशत किरा भाग्दो रहेछ, बाँकी किरालाई अरु विधि अप्नाई लखेट्यौ,” उहाँले थप्नुभयो ।

त्यस्तै तीनपाटन गाँउपालिकामा पनि सोमबार सलह किरा देखा परेको छ । वडा नं. ४ को बेल्टारबाट किसानले सलह किरा देखा परेको भनी फोन गरेपछि कृषि शाखाका प्राविधिकलाई बुझ्न पठाएको र वडा नं. ९ को सालुकेमा पनि देखा पर्‍यो भनी फेसबुकमा पोष्ट गरेको आफुले पाएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुबै ठाँउमा प्राविधिक पठाई अध्ययन गरेर सलह किरा नि यन्त्रणको उपाय थालिने छ ।”

यसैबीच कमलामाई नगरपालिकाले भने सलह किरा नि यन्त्रणका लागि सलह किरा नै किन्ने भएको छ । भारतको बिहार हुदै नेपाल प्रवेश गरेको सलह किरा शनिबार कमलामाई नगरपालिकाको विभिन्न ठाँउमा देखा परेपछि नगरपालिकाको वि पद व्यवस्थापन समितिको आकस्मिक बसेको बैठकले उक्त निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालले जानकारी दिनुभयो ।

सहल किरा नगर क्षेत्रमा प्रवेश गरि किसानको बालीनाली क्षती गर्न थालेपछि समितिको आकस्मिक बैठक बसी उक्त निर्णय गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “सलह किरा खरिदको जिम्मा वडा कार्यालयलाई दिईएको छ । नगरपालिकाले स्थानीय व्यक्तिहरुलाई नै सहल किरा संकलनका लागि प्रोत्साहन गर्न उक्त निर्णय गरेको हो । सलह किरा संकलन गरी ल्याउनेले प्रति केजी ३० रुपियाका दरले पैसा पाउने छन ।”

नगरपालिकाका अनुसार सलह किराको झुण्ड कमलामाई नगरपालिकाको वडा नं. २, ४, ५, ६, ८, ९ र १० को विभिन्न ठाँउमा क्याम्प बनाई बसेका छन् । खोल्माडाँडा, खोपी खर्क, चियाबारी, सिमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाँडा, कर्करे माईस्थान, भँडार, बाघमारा क्षेत्रमा सलह किरा झुण्ड झुण्ड समूहमा देखिएको छ ।

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक देबीप्रसाद सापकोटाका अनुसार कृषि शाखा संयोजक तथा उपमेयर सहितको कृषि प्राविधिक टोलीले सलह किराको झुण्ड देखिएको ठाँउको स्थलगत निरिक्षण गरेको छ । उक्त टोलीले किसानसँग सलह किराको नमूना सं कलन गरेर छलफल गरी अध्ययन गरेको टोलीमा संलग्न प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “किसानलाई हतोत्साहित हुन नदिन घरायसी रोकथाम गर्ने उपाए जस्तै टिन ठटाउने, ठूलो आवाज आउने रेडियो, क्यासेट, स्पीकर लगायतका यान्त्रीकरण बजाउने, नियमित खेतबारीमा गएर लोरो, झुल र धुवा प्रयोग गर्ने जस्ता उपभया सुझाएका छौं ।” अहिले सलह किरा पानी परेका कारण बाँस, रुख र घारीमा झुण्डको रुपमा बसेको र घाम लागेको बेला हरियो, कलिला मूना, डाँठ खाएर क्षेती बढी क्षेती गर्ने उहाँले बताउनुभयो ।

किसानले लगाएका मकै तथा धानको ब्याड र जंगलको रुख विरुवामा समेत छपक्कै ढाकेर सलह भेटीएको कमलामाई नगरपालिका–२ खोल्माडाँडा निवासी किसान प्रेम बम्जनले जानकारी दिनुभयो । “सलह मकै र धानको रौपदै नरोपेको ब्याडमा बसेपछि स्थानीय जम्मा भएर टिन ठटाएर लखेट्न थालेका छौं,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया