सिन्धुली,१६ असार – जनता समाजबादी पार्टी सिन्धुलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
जनता समाजबादी पार्टी सिन्धुलीका अध्यक्ष मोदनाथ तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हो ।
विद्यमान असमानता, अन्याय र विभेदपूर्ण परिपाटीको अन्त्य गर्दै समुन्नत समाज निर्माणका लागि स्थापित वैकल्पिक शक्ति जसपा रहेको बताउँदै नागरिकता ऐन संशोधन प्रस्ताव भेदभावपूर्ण रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्वन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोबास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिका परित्याग गर्ने कारवाही चलाएको प्रमाणको आधारमा वैवाहिक अंगिकृत नेपाली नागरिकता प्रदान गर्न माग गरिएको छ ।
नागरिक प्रदान गर्ने सवालमा रहेको लैंगिक विभेद अन्त्य गरी पूर्ण समानता कायम गर्न माग गर्दै सो पार्टीले बुझाएको ज्ञापनपत्रमा गोर्खा भर्तीमार्फत विदेशी सेनामा कार्यरत नेपालीहरुका सन्तानलाई गैरनागरिक बनाइराख्ने प्रावधान खारेजीको माग गरेको छ ।
सो पार्टीले आफ्नो ज्ञापन पत्रमा गोर्खा सेनामा नेपाली नागरिकताको निरन्तरता र तिनीहरुका सन्तानलाई नागरिकता प्रदान गर्ने व्यवस्था हुनुपर्ने माग गरिएको छ ।