शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीमा बि षादीको प्र योगले जलचर प्राणी सं कटमा

मंगलवार , आषाढ १६, २०७७

सिन्धुली,१६ असार – बढ्दो बि षादी प्रयोगले सिन्धुलीको कमला नदी लगायत विभिन्न खोलामा पाईने जलचर प्राणिहरु सं कटमा परेका छन् ।

जिल्लाका कमला नदी, मरिणखोला, चँदाहाखोला, वाक्सुखोला लगायतका खोलामा बि षादी हालेर माछा मा र्ने चलनले माछा मु स्किलले पाईन्छ । विभिन्न खोलानालामा पाईने बुदुना, कत्ले, हिले, असला, सहर, झिङ्गे आदि जातका माछा ज थाभावि बि षादीको प्र योगले सं कटमा परेको स्थानीय बासिन्दाको भनाई छ ।

उनीहरुका अनुसार मानब स्वा स्थ्यका लागि समेत हा नीकारक मानिएका ‘ई ण्डोसिल’ लगायतका बि षादी प्र योग गरि माछा मा र्ने क्रम बढेपछि यो स मस्या आएको हो । बि षादीको प्रयोग गरि मा रिएका माछा स्वा स्थ्यका लागि हा निकार क रहे पनि त्यसरी माछा मा र्ने चलन ब ढ्दो रहेको दुधौली नगरपालिका–७ निवासी परमेश्वर दनुवार बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “यतिखेरे बि षादी प्रयोग गरी माछा मा र्ने क्र म बढेको छ । बि षादीको प्र योगले खोलामा रहेका भर्खरका भुरामाछा समेत म र्ने भएकाले माछा नै मा सिने ख तरा बढेको छ ।” न्युन आय भएका वि पन्न वर्गका व्यक्तिहरुले जी विका चलाउन र कसै–कसैले शोखका लागि खोलामा ई ण्डोशील नामक बि षादी हालेर माछा मा र्ने गरेका उहाँले जानकारी दिनुभयो ।

बि षादी प्रयोग रो क्न कमलाखुँज क्षेत्रका विभिन्न ठाँउमा केही बर्ष पहिले डि प्रोक्स नेपाल नामक गै र सरकारी संस्थाले दनुवारी भाषामा होडिङ्बोर्ड टाँसेर जनचेतना जगाउने काम गरेको भएपनि ती बोर्ड अहिले कतै देख्न नपाईने दुधौली नगरपालिका–५ निवासी रामबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाँउ घरमा एकको नाता अर्कोसँग गाँसीएको हुन्छ, एउटै समुदायमा बस्नु पर्छ । त्यसैले सबै व्यक्ति तैचुप–मैचुप गरि बस्दा त्यस्ता व्यक्तिले सँ जाय पाउन सकिरहेका छैनन् ।”

माछाको संरक्षण गर्न पनि ज थाभावी बि षादी प्रयोग गरी माछा मा र्नेलाई कानुनी का रबाही गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाकै ठूला नदीका रुपमा रहेका कमला नदी, मरिणखोला, चँदाहा लगायतका खोलामा माछा लो प हुदै गएकाले माछा मार्ने पुख्यौली पेसा बनाएक समुदायहरु चि न्तित देखिन्छन् ।

मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन बि षादी प्रयोग गरि माछा मा र्ने कामलाई गाँउपालिकाले निरुत्साहित गर्ने बताउनुहुन्छ । बि षादी प्रयोग गरि माछा मा र्ने चलनलाई बिस्थापित गर्न गाँउपालिकाले का नून बनाएको तर त्यस्को प्रभावकारी का र्यान्वयन भने नभएको उहाँको भनाई छ । ‘देखिने गरि बि षादी प्रयोग गरी माछा मा रेको पाईएको छैन,’ गाँउपालिका अध्यक्ष बम्जनले भन्नुभयो, ‘लु किछिपी भएको हुन सक्छ । त्यसलाई पनि नि गरानी बढाएर रोक्छौं ।’

प्रतिक्रिया