सिन्धुली, १५ असार – यहाँको कमलामाई नगरपालिकाले सलह किरा सिन्धुलीमा छ्यापछ्याप्ती देखिन थालेपछि किन्ने निर्णय गरेको छ । कमलामाई नगरपालिका स्थानिय वि पद् व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठक बसी यस्तो निर्णय गरेको हो ।
कमलामाई नगरपालिकाले स्थानियहरुबाट नै सलह संकलन गर्ने र संकलित सलहलाई सम्बन्धित वडा मार्फत प्रति केजी तीस रुपैयामा खरिद गर्ने निर्णय भएको नगरपालिकाका सुचना अधिकारी सागरकुमार ढकालले बताउनु भयो ।
सलह किरा नि यन्त्रण गर्नका लागि स्थानियलाईनै सक्रिय बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।
सलह सं क्रमित क्षेत्रमा सलहको प्र कोप न्युनिकरण गर्न सलहलाई समात्ने र संकलन गर्ने कार्यलाई प्रोत्साहन गर्न नगरपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाका कृषि प्राविधिक देब सापकोटाले बताउनु भयो । उहाँका अनुसार सलहलाई नियन्त्रण गर्न स्थानिय उपायहरु समेत अवलम्बन गरिनेछ । “जनचेतनामुलक कार्यक्रम गर्नुका साथै सलह भ गाउन ठुला अवाज निकाल्ने तथा टिन बजाउने लगायतका कार्यहरु गर्नका लागि किसानलाई अनुरोध गरेका छौ,” उहाँले भन्नु भयो ।

सलह कि राले हालसम्म सिन्धुलीमा ठुलो क्ष ति केहि नगरेको जुनार सुपर जोन कार्यालयका प्रमुख एवम् किरा विशेषज्ञ देबराज अधिकारीले बताउनु भयो । सिन्धुलीमा देखिएको सलह सानो झुन्डको हो, हालसम्म त्यस्तो ठुलो क्ष ति गरेको विवरण आएको छैन, तर यसले महामारीको रुप लिनसक्छ उहाँले भन्नु भयो, “सबै किसानले स चेत हुनुपर्ने देखिन्छ ।”
नगरपालिकाले सहल किन्ने निर्णय सस्तो लोकप्रियताका लागि यस्तो निर्णय गरेको जानकार बताउछन् । सलह किन्ने प्रदेश पाँच सरकारले गरेको निर्णयकै सिको गर्दै कमलामाई नगरपालिले गरेको यस्तो निर्णय स्थानिय सरकारले सलह नियन्त्रण भन्दा सस्तो लोकप्रियताका लागि गरेको स्थानियको आरोप छ । सलह नि यन्त्रण किनेर मात्रै हुदैन, एक स्थानियले भने, “कृषिमा ठोस निर्णय गर्न नसक्दा किसानका सामान्य समस्या समेत स माधान हुने अवस्था छैन । फौजी किराले मकै बाली जोगाउन नसकेका किसानलाई सलहबाट धान जोगाउन हम्मे हम्मे पर्ने होकी भन्ने चि न्ता सुरु भइसकेको छ ।”