तीनपाटन गाँउपालिका–३ स्थित निर्माणाधिन भिमस्थान स्वास्थ्य चौकीको भवन ।
सिन्धुली,१५ असार – भु कम्प गएको झण्डै पाँच बर्ष पुग्न लाग्दा समेत सिन्धुली जिल्लामा भु कम्पले क्षे ती पु¥याएका स्वास्थ्य संस्थाको पुननिर्माणले गति लिन सकेको छैन ।
भु कम्पले पुर्ण क्षेती गरेको सुनकोशी गाउँपालिका–५ बन्दिपुरस्थित स्वास्थ्य चौकी हालसम्म पनि पुननिर्माणको काम नसकिदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । झण्डै बर्षदेखि भाडामा लिएको दुई कोठे भवनबाट सेवा प्रवाह हुँदै आएको भए पनि व्यवस्थित भवनको अभावमा सेवा दिने स्वास्थ्यकर्मी र सेवा लिने नागरिक दुबैलाई सहज नभएको स्थानीयबासीले बताएका छन् ।
स्वास्थ्य सेवा लिन र दिनका लागि आवश्यक व्यवस्थित भवन, पानी, शौचालय, बिजुली बत्तिको समेत समस्या भएको बन्दिपुर स्वास्थ्य चौकीमा कार्यरत अहेव मुकेश दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “पुननिर्माण अन्तर्गत स्वास्थ्य चौकीको दुई तले भवन बन्दै छ, तर असाध्यै सुस्त छ । माथिल्लो तलाको ढलान गरेको डेढ महिना भयो, त्यसपछि काम गर्ने फर्किएर आएका छैनन् ।”
भूकम्प गएको बर्षपछि सेवाग्राही उभिदा टाउको छुने टहराबाट सेवा दिदै आएको भएपनि पछिल्लो डेढ बर्षदेखि कोठा भाडामा लिएर काम चलाएको उहाँको भनाई छ । उक्त कोठाको भाडा भने गाँउपालिकाले तिरि दिने गरेको छ । “भाडामा कार्यालय बसेको घरमा बिजुली र सौचालय समेत नहुदा एकदमै समस्या छ,” उहाँले भन्नुभयो ।
स्थानीय बासिन्दाका अनुसार २०७४ चैतदेखि स्वास्थ्य चौकीको पुननिर्माण सुरु गरिएपनि कहिलेसम्म निमाण पुरा हुने हो, ठेगान छैन । बन्दीपुर लेक भएकाले चिसो सिरेटोका कारण बालबालिका र जेष्ठ नागरिकलाई बढी समस्या हुने गरेको छ । सामान्य स्वास्थ्य उपचारको लागि पनि घन्टौ हिडेर नजिकैको रातमाटा जानु पर्ने अवस्था छ ।
यस्तै घ्याङलेख गाउँपालिका–५,स्थित शान्तेश्वरी स्वास्थ्य चौकी पनि भु कम्पपछि पुनःनिर्माण हुन सकेको छैन् । भूकम्प क्षेति पुगेको पुरानै स्वास्थ्य चौकीलाई सामान्य रुपमा मर्मत गरेर स्वास्थ्य सेवा प्रवाह गरि रहेको अनमी छत्रमाया कर्मचार्यले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यलयका अनुसार भु कम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पुर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन अांशिक रुपमा क्षति भएको तथ्याङक छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन) का प्राबिधिक बिदुर खतिवडाले हाल सिन्धुली जिल्लामा चार वटा स्वास्थ्य चौकी बन्दै गरेका र अरु आठ वटाको कार्यक्रम आएर पनि टेण्डर गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँका अनुसार हाल घ्याङलेख गाउँपालिका–५ स्थित शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका ५ स्थित बन्दिपुर स्वास्थ्य चौकी, तीनपाटन गाउँपालिका ३ स्थित भिमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्य चौकी पुनःनिर्माणको भईरहेको छ ।
उहाँले भिमस्थान र बन्दिपुर स्वास्थ्य चौकी यही असार मसान्तसम्ममा सम्पन्न गर्ने गरि निर्माण भईरहेको बताउनु भयो । त्यस्तै शान्तेश्वरी र आम्बोटे स्वास्थ्य चौकी आधा निर्माण भएको उहाँको भनाई छ । २०७६ साल असारमा सम्झौता भएको शान्तेश्वरी र आम्बोटे स्वास्थ्य चौकी सम्झौता भएर निर्माण सुरु गरिएको थियो ।
प्राविधिक खतिवडाका अनुसार हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्य चौकी पुनःनिर्माणका लागि गत बर्ष कार्यक्रम आएर पनि अघि बढ्न नसकेको र यो बर्ष कार्यक्रम आउने नआउने निश्चित भएको छैन ।